
धादिङ असोज २३ । आर्थिक अवस्था कमजोर रहेका दुबै मृगौला फेल भएका ३३ बर्षीय रामकृष्ण बजगाई दक्षिण कोरियामा कार्यरत नेपालीहरुले आर्थिक सहयोग गरेका छन् ।
दुबै मृगौलामा समस्या आएपछि मकवानपुर जिल्ला बकैया गाउँपालिका वडा नम्बर ४ जुरेली निवासी ३३ बर्षीय बजगाईले आर्थिक सहयोगको याचना पछि दक्षिण कोरियामा कार्यरत नेपालीहरुले १ लाख १ हजार ५ सय ६८ रुपियाँ सहयोग गरेका हुन् ।
बहराइनमा ३ वर्ष र कुवेतमा ४ वर्ष होटलमा काम गरेर आर्जन गरेको करिव १४ लाख मृगौलाको उपचारमै खर्च भईसकेको र आर्थिक संकटले उपचार गर्न नसकिने स्थिति पैदा भएको बजगाईले बताउनु भयो । । चिकित्सकले मृगौला प्रत्यारोपण नै अन्तिम विकल्प रहेको र प्रत्यारोपणका लागि कम्तिमा २५ देखि ३० लाख खर्च लाग्ने बताएका छन् ।
बजगाईलाई सहयोग गर्न चाहनेले आइएमइ ग्लोबल बैकको खाता नम्वर यू ५०७०१००००६५४ मा रकम जम्मा गर्न सक्नेछन् । उनलाई ९८६४३३९३०१, ९८६०२१८३३६,९८४९१४९१८५ मा सहयोग गर्नका लागि सम्पर्क गर्न सकिने छ ।

