महिलालाई बन्धक बनाई हत्या गर्ने माझी पक्राउ

Avatar photo
Dhadingpost
बुधबार, अशोज २१, २०७७

काठमाडौं असोज २१ । डेढ वर्ष पहिला एक महिलालाई बन्धक बनाई हत्या गरेको आरोपमा प्रहरीलेएक पुरुष पक्राउ गरेको छ । सिन्धुपाल्चोक कर्थली ३ निवासी ३२ वर्षिय पम्फा श्रेष्ठलाई डेढ वर्ष पहिला बन्दक बनाई हत्या गरेको आरोपमा प्रहीले सोम बहादुर राईलाई पक्राउ गरेको हो ।

हत्याको अभियोगमा सिन्धुपाल्चोक, ईन्द्रावती गाउँपाकिला ११, बडगाउँ घर भई हाल हेटौडा उपमहानगरपालिका १४, नयाँबस्ती, गैरीटोल बस्ने विनय श्रेष्ठ भन्ने विनय माझीलाई प्रहरीले सोमबार पक्राउ गरेको हो ।

निज विनय माझीले मृतक पम्फा श्रेष्ठलाई कोठामा२०७६-०१-३० गते देखि जबरजस्ती बन्धक बनाई बनाएको सूचनाको आधारमा२०७६-०२-०५ प्रहरीले ताला फोडी हेर्दा पम्फा मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

निज विनय माझीले सोम बहादुर राईको नामबाट जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट नागरिकता निकालेको पाइएकोले सो सम्बन्धमा समेत अनुसन्धान जारी रहेको समेत प्रहरीले जनायो ।