नीलकण्ठ नपा बन्द, कर्मचारीलाई कोराना संक्रमण

Avatar photo
Dhadingpost
अशोज १६, २०७७

धादिङ असोज १६ । धादिङको नीलकण्ठ नगरपालिकाका एक जना कर्मचारीहरुलाई कोरोना संक्रमण भए सँगै सेवा प्रवाह बन्द भएको छ ।

शुक्रबार नीलकण्ठ नगरपालिकामा १५ जना संक्रमित भएका थिए जसमा एक जना नीलकण्ठ नगरपालिकाका कर्मचारी रहेकोले अत्यावश्यक सेवा भन्दा बाहेकका सबै सेवा अर्को सूचना जारी नहुँदा सम्म बन्द भएको निमित्त प्रमुख प्रशासकीय अधिकृत तुलबहादुर महतले सूचना जारी गर्नुभएको छ ।