
धादिङ भाद्र २५ । सरकाले निजी क्षेत्रका स्कुलहरुले संचालन गरेका अनलाईन शिक्षाको अभिभावकहरु सँग शुल्क लिन पाउने निर्णय गरेको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणि पोखरेलका अनुसार विद्यार्थी सिकाई सहजीकरण निर्देशिका अनुसार निजी विद्यालयहरूले स्थानीय तहले स्वीकृत गरेको शुल्क लिन पाउने निर्णय सरकारले गरेको बताउनु भएको हो ।
एकाध धादिङका निजी विद्यालयहरु बाहेकले अनलाईन शिक्षा सुरु गरे पनि बीच मै बन्द गरेका छन् । अब सरकारले शुल्क लिन पाउने निर्णय गरे पनि नपढाएको बेलाको शुल्क लिन नपाउने बताईएको छ ।
