मैदी प्रहरी चौकी अगाडी नै कुटाकुट

Avatar photo
Dhadingpost
भदौ २३, २०७७

धादिङ भाद्र २३ । धादिङको ज्वालामुखि गाउँपालिका २ मैदीमा प्रहरी चौकी कै अगाडी भएको कुटा कुटमा वडा अध्यक्ष कै संलग्नता देखिएको छ ।

ज्वालामुखि -२ काफलपानीका बलराम गिरिको केराको बोट काटिएको विषयलाई लिएर प्रहरीमा उजुरी परेपछि छलफलमा भेला भएको समयमा नेपाली कांग्रेस र नेकपाका कार्यकर्ताबीच झडप भएको थियो ।

उक्त झडपमा वडा नम्बर २ बाट निर्वाचित वडाध्यक्ष रण बहादुर शाही समेत संलग्न भएको भिडियो धादिङपोष्टले प्राप्त गरेको छ । प्रहरीले बोलाएको छलफल मै नेपाली कांग्रेस र नेकपा समर्थित कार्यकर्ताबीच प्रहरी कार्यालय अगाडी नै कुटाकुट भएको थियो जसमा नेपाली काँग्रेसबाट निर्वाचित रणबहादुर शाही समेत संलग्न भएका छन्

घटनाको विषमा जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी प्रमुख रविन्द्र रेग्मीभननु हुन्छ, घटनामा लालबहादुर कार्की संलग्न हो, वडा अध्यक्ष रणबहादुर शाही संलग्न हुनुहुन्न पछि मात्र आउनु भएको हो । तर हामीले पोष्ट गरेको भिडियोमा वडा अध्यक्ष स्वयम कुटाकुटमा सहभागि भएको प्रष्ट देखिन्छ ।

आफुहरुलाई वडा अध्यक्ष रणबहादुर शाही केहि समय अघि नेकपा छाडेर काँग्रेस प्रवेस गरेका लालबहादुर कार्की, वडा अध्यक्षको छोरा सहितको काँग्रेस कार्यकर्ताहरुले आफुहरुलाई पिटेको नेकपा कार्यकर्ताहरुले आरोप लगाएका छन् ।