नक्कली प्रेस कार्ड बनाउने ४ जना पक्राउ

Avatar photo
Dhadingpost
भदौ २३, २०७७

धादिङ भाद्र २३ । नक्कली प्रेस कार्डहरु, अस्पतालका नक्कली परिचयपत्रहरु बनाएको आरोपमा प्रहरीले ४ जनालाई सोमबार पक्राउ गरेको छ ।

काठमाडौं बगबजार स्थित कालिका प्रिन्टर्स स्पोर्टसले नक्कलि प्रेस कार्डहरु, अस्पतालको नक्कलि परिचयपत्रहरु अभियोगमा ४ जनालाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।

पक्राउ पर्नेमा नवलपरासी सुस्ता बर्दघाट १३ घर भई रातोपुल बस्ने लक्ष्मण न्यौपाने, बर्दिया राजापुर १० घर भई कोटेश्वर बस्ने श्रीराम खड्का, नवलपरासी सुस्ता पुर्व कावासोती ८ घर भई भिमसेनगोला बस्ने रमेश कुमार रेग्मी र स्याङ्जा जगत्रदेबी ९ घर भई हाल टोखा ४ धापसी बस्ने राजेन्द्र राज भण्डारी रहेका छन् ।

उनीहरुको साथबाट प्रहरीले बिभिन्न मिडियाहरुको नामको प्रेस आई.डि. कार्ड थान -१०, बिभिन्न असपतालको नक्कली परिचयपत्र थान -१५, बिभिन्न प्रिन्टिङ प्रेसको नक्कली परिचयपत्र थान – ३, अन्य व्यक्तिहरु समेतको नक्कली परिचयपत्र थान – ३, कालो रङको कटर मेसिन थान-१, Canon कम्पनिको स्क्यानर थान-१, Dell कम्पनिको डेक्सटप थान-१, मनिटर थान-१, प्रिन्टर मेसिन थान-२, किबोर्ड थान-१, डेबुक थान-१, सेतो रङको A4 साईजको प्लाष्टिक पेपर थान-२०, लेमिनेशन मेसिन थान-१ समेत बरामद गरेको छ ।