
धादिङ भाद्र २० । सिद्धलेक गाउँपालिकामा भएको अनियमितको विषय मिडिया मार्फत आए सँगै हामीले स्पष्टिकरण सोधेका थियौं, तर चित्त बुझ्दो जवाफ आउन नसकेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सिद्धलेकका अध्यक्ष खुनराज थापाले बताउनु भएको छ ।
धादिङको एक रेडियोमा अन्तरवार्ता दिँदै अध्यक्ष थापाले सिद्धलेक नेकपाले सानदार रुपमा जितेको गाउँपालिका हो । मिडियामा आएका अनियमिताको विषयमा पार्टीको ध्यानाकर्षण नहुने कुरा भएन पार्टीले सत्य तथ्य के भनेर सोधेको हो तर चित्तबुझ्दो जवाफ आउन नसकेको बताउनु भएको हो ।
पार्टी आफैले पनि अनियमिताको विषयमा थप अध्ययन जारी राखेका छौं । उहाँहरुलाई पार्टीले टिकट दिएको हो । पार्टी कमिटी चुनावमा खटेपछि चुनाव जित्नु भएको हो । तर आफसोच चुनाव जितेपछि उहाँहरुले पार्टी सँग छलफल गर्ने पार्टीको सल्लाह लिने गर्नुभएको छैन । यद्यपी कहिले काही पार्टी नै जनप्रतिनीधिहरुलाई भेट्न जानु पर्ने तितो यर्थात समेत अध्यक्ष थापाले बताउनु भयो ।
अन्तरवार्ता जस्ताको तस्तै:
जनताहरुबाट पार्टीमा गुनासा आउँछन्, गाउँपालिकाको अनियमिताको विषयमा पछिल्लो उदाहरण हर्ने हो भने अन्यत्र ५० देखि ५६ हजारमा वितरण गरिएको ट्याक्टरलाई सिद्धलेकले ७५ हजार लियो भन्ने जन गुनासो आएपछि हामीले गाउँपालिका प्रमुखलाई यहि कुरा राखेका थियौं त्यसको दुई दिन पछि अन्तरकुन्तर सहित मिडियामा ट्याक्टर खरिदमा अनियमिता भएको आयो । यहि कुरालाई गाउँपालिका प्रमुखले मिडियाबाटै पार्टीले सहयोग नगरेको समेत भन्नु भयो ।
करिव २१ मिनेट अन्तरवर्ता दिएका नेकपा सिद्धलेक अध्यक्ष खुनराज थापाले सिद्धलेक गाउँपालिकामा पार्टीबाट जितेका जनप्रतिनीधिहरु त्यसमा पनि गाउँपालिका प्रमुख प्रेमनाथ सिलवालले पार्टी सँग समन्वय गर्ने नगरेको र मिडियामा आएका भष्ट्रचारका आरोपहरु समेतको चित्तबुझ्दो जवाफ नदिएको बताउनु भएको छ ।
