भुमिकाद्वारा जन्मदिनको अवसरमा गिटी कुट्ने, आमालाई सहयोग

Avatar photo
Dhadingpost
भदौ १८, २०७७

धादिङबेसी भाद्र १८ । धादिङबेसी दिपटोलमा ८५ वर्षिय आमा दैनिक गिटी कुटि रहेको भेटिनु हुन्छ । ति, आमालाई सहयोग गर्दै धादिङबेसी स्थित शान्तबजार निवासी १५ वर्षिय भुमिका श्रेष्ठले आफ्नो जन्म दिन मनाउनु भएको छ ।

दैनिक गिटी कुटी रहेको दखेको थिए, जन्म दिन कसरी मनाउने भनेर बाबाले सोध्नु भयो, अनायास झट्ट ति गिटी कुट्ने आमाको याद आयो । केक काट्नु भन्दा त्यो पैसाले ति आमालाई सहयोग गरुम भन्ने प्रस्ताव बुबा आमाले पनि ऐकबद्धता जनाउनु भयो । अनि हामी बिहिबार बिहानै ति आमाले गिटी कुटि रहेको ठाउँमा पुगेर खाद्यान्न सहयोग गरी जन्म दिन मनाएको भुमिकाले धादिङपोष्टलाई बताउनु भयो ।

विगत ३ वर्ष पहिला धादिङबेसी बसपार्क छेउ थोपल किनारमा गिटी कट्ने शान्तिमायाँ तामाङ अहिले दिपटोल थोपल किनारमा गिटी कुट्ने गर्नुहुन्छ । असाध्यै हँसिलो स्वभाव हुनुभएको शान्तिमायाँ तामाङ उमेरले ८५ कटेपनि दिनभर गिटी कुट्न सक्ने हुनुहुन्छ ।

०७२ सालको भुकम्पले लापाबाट विस्थापित बनाएपछि धादिङबेसी आई गिटी कुट्न थाल्नु भएको शान्तिमायाँ छोरा नभएको र छोरीहरुकोमा बस्दै आएको बताउनु हुन्छ ।

केहि महिना अगाडीको प्रकाशित भिडियो

पचासी वर्षिय वृद्धाले गिटी कुटीेको ठाउँमा उम्मेदवार पुग्दा ( फोटो फिचर)