
धादिङ भाद्र १३ । धादिङ जिल्लामा शनिबार मात्र ९ जना नयाँ संक्रमित थपिएको छन् । शुक्रबार १६ जना संक्रमित थपिएको जिल्लामा अहिले सम्म संक्रमित संख्या २११ पुगेको छ ।
आज थपिएका कोरोना संक्रमितमा त्रिपुरासुन्दरी गाउँपालिकाका ८ जना र बेनिघाट रोराङ गाउँपालिकाका १ मा एक जना रहेको जिल्ला स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।
जसमा त्रिपुरासुन्दरी गाउँपालिका वडा नं २ का १८, १८, २१, ३०, ३६ वर्षिय पुरुष र २१, २४ वर्षिय महिलामा कोरोना पुष्टि भएको छ । शुक्रबार पनि त्रिपुरासुन्दरीमा १० जनालाई कोरोना संक्रमण भएको थियो ।

