
धादिङ भाद्र ८ । धादिङ-नुवाकोट, यूके समाजले धादिङ जिल्ला अस्पताल र नुवाकोट जिल्ला अस्पताललाई पाठाएको पोर्टेवल अक्सिजन मेसिन सेट आज हस्तान्तरण गरिएको हो ।
स्वास्थ्य मन्त्रालयले उक्त सामाग्री धादिङ र नुवाकोटका जनप्रतिनीधिको उपस्थितिमा अस्पतालका प्रतिनीधिहरुलाई हस्तान्तरण गरेको टिकाराम नेपालीले धादिङपोष्टलाई बताउनु भएको थियो ।
यूकेमा रहेका साथीहरुले चन्दा उठाएर महत्वपूर्ण सामान पठाई दिनुभएकोमा खुसी व्यक्त गर्दै, धादिङका प्रदेश सांसद डा. रामकुमार अधिकारीले समाजलाई विशेष धन्यावाद दिनु भएको छ भने अस्पतालहरुलाई उक्त उपकरण विरामी मैत्री र परिणममुखि बनाउन आग्रह समेत गर्नु भएको नेपालीले जानकारी दिनुभयो ।
धादिङ र नुवाकोटलाई अत्यन्त आवश्यक रहेको जानकारी आएपछि हामीले पोर्टेवल अक्सिजन सेट मेसिन सहयोग गरेको होऔं, मन्त्रालयले हस्तान्तरण गरेको खबरले हर्षित भएको धादिङ-नुवाकोट, यूके समाजका अध्यक्ष सि. बि. लामाले बताउनु भयो ।
यसअघिको समाचार

