नेकपा एमाले पार्टी दर्ताले पुर्णता पायो

Avatar photo
Dhadingpost
भदौ ३, २०७७

काठमाडौं साउन ३ । गत असारमा दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन पुगेपनि दर्ता नभई बसेको नेकपा एमाले पार्टी विधिवत रुपमा दर्ता भएको छ ।

विराटनगरकी सन्ध्या तिवारी अध्यक्ष रहने गरि पार्टी दर्ताका लागि आयोगमा निवेदन परेको थियो । बुझाइएको कागजपत्रका आधारमा हस्ताक्षरहरु प्रमाणित भएपछि आज आयोगले दल दर्ता गर्ने निर्णय गरेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनु भयो ।