
धादिङ भाद्र १ । धादिङमा आज ६ जना कोरोना भाईरस संक्रमित भेटिएको स्वास्थ्य कार्यालयले जनाएको छ । यो सँगै अहिले सम्म धादिङ कोरोना भाईरस संक्रमितको संख्या १६३ जना पुगेको छ ।
पछिल्लो समय थपिने संक्रमितहरुमा त्रिपुरासुन्दरी गाउँपालिका–४ का ७७ वर्षिय पुरुष, गल्छि–४ का २६ वर्षिय पुरुष, धुनीबेशी–३ का ७८ र २९ वर्षिय पुरुष र धादिङ घर भई स्थानीय ठेगाना नखुलेका ३३ र ३४ वर्षिय पुरुष रहेका छन् ।
नीलकण्ठ नगरपालिकाले श्रावण ३० गते ९५ जनाको स्वाब संकलन गरि कोरोना जाँच गरिएकोमा ९२ जनाको रिपोर्ट नेगेटिभ आएको छ । ३ जनाको रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य संयोजक विष्णु रिजालले बताउनु भयो ।

