
धादिङ भाद्र १ । धादिङका प्रमुख जिल्ला अधिकारी आसमान तामाङको पर्सा सरुवा भए सँगै अछामका प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेल धादिङ आउनु भएको छ ।
गृह मन्त्रालयले आन्तरिक सरुवा गर्दै धादिङका असमान तामाङलाई पर्सा पठाए सँगै अछामबाट पौडेल सोमबार धादिङ आउँदै हुनु भएको जिल्ला प्रशासन कार्यालय धादिङ सूचना अधिकारी रुद्रबहादु मल्ले धादिङपोष्टलाई जानकारी दिनु भयो ।
सिडियो साव आज आईपुग्नु हुन्छ, अहिले बाटोमा हुनुहुन्छ, भोली देखि दैनिक सेवामा खटिने समेत सूचना अधिकारी मल्लले बताउनु भयो ।
