धादिङमा आज ६ जनालाई कोरोना पोजेटिभ, संक्रमितको संख्या १५१ पुग्यो

Avatar photo
Dhadingpost
साउन २७, २०७७

धादिङ साउन २७ । धादिङमा केहि दिन यता लगातार कोरोना पोजिटिभ भएको रिपोर्ट बढिरहेको छ । मंगलबार मात्र धादिङको नीलकण्ठ नगरपालिकामा ४ जना र धादिङ बस्ने गोरखाका १ जना र ज्वालामुखिका १ जना गरी ६ जलालाई कोरोना संक्रमण भएको पुष्टि भएको छ । यो सँगै धादिङमा संक्रमितको संख्या १५१ पुगेको छ ।

आज कोरोना संक्रमण पुष्टि भएकाहरुमा नीलकण्ठ नगरपालिकाका–३ का ४६ र ४७ वर्षिय पुरुष, नीलकण्ठ–२ का २७ वर्षिय पुरुष, धादिङ बस्ने गोरखा नगरपालिका–११ को ३२ वर्षिय पुरुष, ज्वालामुखी–५ का ३१ वर्षिय पुरुष र रुविभ्याली गाउँपालिका–१ का ३९ वर्षिय पुरुष छन् ।

धादिङका स्थानीय तहगत संक्रमितको विवरण

  • नीलकण्ठ नगरपालिकामा ७२ जना
  • ज्वालामुखी गाउँपालिकामा ३२ जना
  • त्रिपुरासुन्दरी गाउँपालिकामा २१ जना
  • सिद्धलेक गाउँपालिकामा ४ जना
  • नेत्रावती डबजोङ गाउँपालिकामा ४
  • बेनिघाट रोराङ गाउँपालिकामा २ जना
  • गल्छी गाउँपालिकामा ३ जना
  • थाँक्रे गाउँपालिकामा ३ जना
  • धुनीबेसी नगरपालिकामा २ जना
  • गजुरी गाउँपालिकामा ४ जना
  • खनियाबास गाउँपालिकामा ३ जना

धादिङका१ सय ३० जना कोरोना संक्रमितहरु निको भएर घर फर्कि सकेको जिल्ला स्वास्थ्य कार्यालय धादिङ जनाएको छ ।