
हेटौंडा साउन २३ । बागमती प्रदेश अन्तरगत मकवानपुरको हेटौंडाको अस्थायी प्रहरी चौकी हटिया शिल गरिएको छ ।
हेटौंडा उपमहानगरपालिका वडा नम्बर १६ मा रहेको उक्त अस्थायी प्रहरी चौकीमा कार्यरत हवल्दारलाई कोरोना भाइरस ९कोभिड–१९० संक्रमण पुष्टि भएपछि शिल गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता इन्द्रबहादुर रानाका अनुसार, किटजन्य रोग तथा अनुसन्धान तालिम केन्द्र हेटौंडा प्रयोगशालामा गरिएको परीक्षणमा हटिया प्रहरी चौकीमा कार्यरत हवल्दारलाई संक्रमण पुष्टि भएको हो ।
