
धादिङ साउन १४ । धादिङ जिल्लमा १ सय ३७ जना संक्रमित पुगे सँगै धादिङबेसी सदरमुकाम बजारमा पहिलो पटक १ जना कोभिड १९ संक्रमित भटिएका छन् ।
बुधबार ७ जना संक्रमितहरु थपिए सँगै धादिङमा संक्रमितको संख्या १३७ जना पुगेको हो भने धादिङबेसी सदरमुकाममा १ जना संक्रमित भेटिएको नीलकण्ठ नगरपालिकाका स्वास्थ्य संयोजक विष्णु रिजालले धादिङपोष्टलाई बताए ।
बुधबार भेटिएका संक्रमितहरु नीलकण्ठ ३ का ३ जना, नीलकण्ठ १२ का २ जना, सिद्धलेक ४ का १ जना, खनिवावास २ का १ जना रहेको स्वास्थ्य संयोजक रिजालले बताए ।
यो संगै धादिङमा संक्रमितहरु हुनेको संख्या १ सय १४ जना पुरुष र २३ जना महिला पुगेको छ भने ७ जना बाहेक सबै निको भएर घर फर्कि सकेका छन् ।
धादिङमा अहिले सम्मको कोरोना संक्रमितको विवरण
- नीलकण्ठ नगरपालिकामा ६६ जना
- ज्वालामुखी गाउँपालिकामा २९ जना
- त्रिपुरासुन्दरी गाउँपालिकामा २१ जना
- सिद्धलेक गाउँपालिकामा ४ जना
- नेत्रावती डब्जोङका गाउँपालिकामा २ पुरुष
- बेनिघाट रोराङका गाउँपालिकामा २ जना
- गल्छी गाउँपालिकामा ३ जना
- थाँक्रे गाउँपालिकामा ३ जना,
- धुनीबेसी नगरपालिकामा १ जना
- गजुरी गाउँपालिकामा ३ जना
- खनियाबास गाउँपालिकामा ३ जना
