गोलाङको पहिरोमा ज्यान गुमाएका परिवारलाई राष्ट्रिय युवा संघको आर्थिक सहयोग

Avatar photo
Dhadingpost
साउन ११, २०७७

धादिङ साउन ११ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को युवा संगठन राष्ट्रिय युवा संघ नेपाल धादिङले त्रिपुरासुन्दरी गाउँपालिका वाड नं ६ आगिनचोक गोलाङ खवासेमा पहिरोबाट मृत्यू भएकाहरुको परिवारलाई आर्थिक सहयोग गरेको छ ।

पीडित परिवारलाई भेट्न आईतबार आगिञ्चोक स्थित गोलाङ खवासे पुगेका संघीय सांसद खेम प्रसाद लोहनीको हातबाट राष्ट्रिय युवा संघ नेपाल धादिङले नगद ५० हजार सहयोग गरेको हो ।

भेटघाट तथा आर्थिक सहयोग कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) धादिङका अध्यक्ष नेत्र पौडेल, नेकपा नेता रामहरी अधिकारी, राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय सदस्य रमेश आचार्य, जिल्ला अध्यक्ष दिपक खतिवडा, मदन भण्डारी फउण्डेशन धादिङका उमेश थापा, मदन भण्डारी स्पोर्टस एकेडेमी धादिङका अध्यक्ष रमेश अधिकारी लगायतका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

आगिञ्चोक गोलाङ खवासेमा साउन ५ गते राती घर माथिबाट आएको पहिरोले घर पुर्दा एकै परिवारका १९ वर्षिय सम्झना खाँण, उनको श्रीमान् २२ वर्षिय मिलन खाँण र डेढ बर्षिय छोराको मृत्यू भएको थियो । फोटोः रमेश आर्चाय

x