मलेखुको पहिरोमा पाँचघर पुरियो, निरुता परियार वेपत्ता, देपेन्द्र चौधरी सस्त घाईते

Avatar photo
Dhadingpost
साउन ५, २०७७

धादिङ साउन ५ । अविरल वर्षाका कारण गजुरी गाउँपालिका स्थित मलेखुमा गएको पहिरोमा परि पाँच घर पुरिएको छ भने निरुता परियार वेपत्ता भएकी छिन् भने देपेन्द्र चौधरी सस्त घाईते भएका छन् ।

घटना स्थलबाट रामहरि थापाका अनुसार १२ः३० बजे गएको पहिरो अहिले पनि नरोकिएकोले उद्धार कार्यमा कठिनाई भएको छ ।

पहिरोले राजमार्ग समेत अवरुद्ध भएको छ भने गजुरी गाउँपालिका स्थित फुर्के खोलामा पनि सडक माथि खनिएको सडकका कारण लेदोले राजमार्ग अरुद्ध छ भने बजारलाई पनि जोखिममा पारेको छ ।

मलेखुमा पहिरो जाँदा पाँच घर पुरियो, राजमार्ग समेत अवरुद्ध