
धादिङ साउन ३ । धादिङबेसी स्थित होलिस्टिक हेल्थले मानव स्वास्थ्यका लागि अत्यन्त लाभदायी कालो जिरा विक्रि वितरण सुरु गरेको छ । लिमोनिन, कार्बोन, कार्बिन, कार्बाकोल तत्व पाईने कालो जिराको सेवन मुख्य रूपमा महिलाहरूमा हुने दुखाइसहितको महिनावारीको समस्यामा अत्यन्त फाइदाकारी होलिस्टि हेल्थ धादिङको संचालिक सुशिला रिजाल बताउँछिन् ।
पाचन समस्या भएका मानिसले खानापछि केही कालो जिरा सेवन गरे लाभदायी हुन्छ । यसमा एन्टिमाइक्रोबियल गुण हुन्छ, जसले गर्दा पेटसम्बन्धी थुप्रै समस्यामा लाभदायक हुने रिजाल बताउँछिन् ।
त्यसैगरि वाक्वाकी लाग्ने, भोक नलाग्ने तथा बढी लाग्ने, अपच हुने र पेट सुन्निने, पेट फुल्ले, शरीरको तापक्रम कम हुने, रक्तसञ्चार रोगका बिरामीका लागि समेत कालो जिरा लाभदायक मानिन्छ ।
यसको सेवनले रोग प्रतिरोधक क्षमतासमेत बलियो हुन्छ । यसले शरीरमा ऊर्जाको सञ्चार गर्छ जसले थकाइ र कमजोरी अनुभव हुँदैन । यस्तै, कालो जिराले बढी ऊर्जा उत्पादन गर्ने भएकाले एक दिनमा तीन ग्रामभन्दा बढी सेवन गर्नु हुँदैन । गर्भावस्थाका महिलाले भने यो सेवन गर्नु हुँदैन ।
यस्तै बढी गर्मी लाग्ने, उच्च रक्तचापका बिरामी, गठिया, लुतो, आर्थराइटिस, पिसाब रोकिने समस्या, दीर्घरोगीले चिकित्सकीय सल्लाह लिई यसको उपयोग गर्दा अत्यन्त लाभदायी हुने बताइन्छ ।
कालो जीराको दाना तेल क्यान्सर कोशिकाको गतिविधि रोक्छ र केन्सर कोषहरूको केहि प्रकारहरू मार्दछ । वैज्ञानिक अनुसन्धानले देखायो कि कालो बीजको तेल (नाइजेला स्याटिवा) जनावरहरूको अध्ययनमा क्यान्सरको एक प्रभावकारी उपचार हो, र क्यान्सरको केहि प्रकारहरूको लागि एन्टी क्यान्सर औषधी जत्तिकै प्रभावकारी हुन सक्छ ।
कालो जीरा तेल क्यान्सर बिरूद्ध प्रभावकारी उपचार
कालो जीराको दाना तेल र यसको थाइमोक्विनोनले कलेजोको क्यान्सर, मेलानोमा छालाको क्यान्सर, अग्नाशयको क्यान्सर, ग्रीवाको क्यान्सर, क्यान्सरलगायत बिभिन्न भडकाउने रोगहरूको लागि शक्तिशाली फाइदाहरू छन् । स्तन, हड्डीको क्यान्सर, पेटको क्यान्सर, लिम्फोमा, प्रोस्टेट क्यान्सर, कोलन क्यान्सर र मस्तिष्क क्यान्सर, हृदय सम्बन्धी जटिलताहरू, मधुमेह, दम, किडनी रोग, आदि। केहि अध्ययनहरूले देखाए कि थाईमोक्विनोनले एन्टिऑक्सिडन्ट भूमिका खेल्छ र शरीरको प्रतिरक्षा प्रणाली सुधार गर्दछ ।
काला जिरा के हो ?
शताब्दियौंदेखि भान्सा र औषधिमा उपयोग हुँदै आएको कालो जिरा युरोप तथा एसियामा उत्पादन हुन्छ । यसको पात प्वाँखजस्तै हुन्छ । यसको फूल सानो, सेतो र गुलाफी हुन्छ । यसको बीउ हँसिया आकारको आवरणविहीन हुन्छ जसले जिराको भ्रम उत्पन्न हुन्छ । आयुर्वेदका अनुसार यो निकै ऊर्जाशील हुन्छ । यसको सुगन्ध कस्तूरी र मसलाजस्तै हुन्छ । यसको बीउ र चूर्ण फलबाट सुगन्ध आउँछ ।

