
धादिङ साउन १ । धादिङबेसी स्थित जिल्ला अस्पतालले आज देखि ओपेडी र आकस्मिक टिकट शुल्कमा भारी बृद्धि गरेको छ ।
अस्पतालका अध्यक्ष महेन्द्र धमला र मेडिकल सुपरिटेण्डेन्ट त्रिभुवन चन्द्र झाको प्रस्तावलाई अस्पताल व्यवस्थापन समितिले सदर गर्दै टिकट शुल्कमा भारी मुल्य बृद्धि भएको हो ।
यसअघि १० रुपैयाँ शुल्क लाग्ने ओपिडी टिकटको मुल्य बृद्धि गरि रु.२५ पुर्याईएको छ । त्यसैगरि ५० रुपैयाँ लाग्ने इमरजेन्सी टिकटको मुल्य रु.७५ पुर्याइएको छ ।
अस्पताल व्यवस्थापन समितिका सदस्यहरुले यो कोरोना संक्रमणको जोखिमले संकटमा परेका सर्वसाधारणलाई अर्को बोझ थपिने हुँदा टिकट मुल्य बृद्धि गर्न नहुने बताउँदा बताउँदै पनि अध्यक्ष धमला र मेसु झाले टिकट शुल्क बढाएको बताएका छन् ।

