धादिङमा मास्क अनिवार्य, नत्र जरिवाना तर बीलमा शिर्षक लेखिँदैन

Avatar photo
Dhadingpost
असार २७, २०७७

धादिङबेसी असार २७ । धादिङबेसी प्रवेस नाका पुछारबजार प्रहरी बीटमा प्रहरीले मास्क नलगाउनेहरुलाई १०० रुपैया जरिवाना गर्न थालेको छ ।

कोरोना भाईरसको संक्रमण रोक्न सरकारले मास्क अनिवार्य गरेपछि धादिङमा पनि प्रहरीले शुक्रबारबाट मास्क नलगाउनेलाई कार्वाही स्वरुप १०० रुपैयाँ जरिवाना लिन थालेको हो । गृह मन्त्रालयले निर्देशन जारी गरेसँगै जिल्ला प्रशासन कार्यालय धादिङले घर बाहिर निस्कँदा मास्क अनिवार्य नत्र जरिवानाको व्यवस्था गरेको हो ।

तपाई धादिङ पैदल वा सवारी साधन जेमा आए पनि प्रहरीले तपाईले मास्क लगाय नलगाएको हेरि रहेको हुनेछ । मास्क नलगाएको भए प्रहरीले शिर्षक उल्लेख नगरिएको रु.१०० रसिद दिनेछ । त्यसो तपाईले मास्क लगाउनु भएको छैन भने धादिङका कुनै पनि बैकंले प्रवेस गर्न दिँदैन ।

म भारि बोक्ने काम गर्छु । सिमेन्टको गाडी आयो आईजो भनेपछि हतार हतार घरबाट हिडें मास्क छुटेछ । पुछारबजारमा प्रहरीले समाति हाल्यो म माक्स किनेर लाउँ छु भन्दा पनि प्रहरीले छाडेन फेरी साथीलाई बोलाएर १०० रुपैयाँ तिरेपछि चाहि छाड्यो राम कुमालले धादिङपोष्टलाई बताए ।

प्रहरीले जरिवाना स्वरुप उठाएको रसिदमा शिर्षक उल्यख नगरिए छैन । जरिवाना उठाउन जिल्ला प्रशासनको आम्दानी रसिद प्रयोग गरेको प्रहरीले रसिदमा कुन शिर्षकमा १०० रुपैयाँ उठाईएको भने उल्लेख गरेको छैन ।

x