
धादिङ असार १५ । मुठी खाएर मुरी उब्जाउने महिना मध्य अर्थात् आज असार १५ गते । आजको दिन नेपालभर रोपाइँ दिवस तथा धान दिवस मनाउने गरिन्छ ।
‘छुपु र छुपु हिलोमा धान रोपेर छोडौँला, बनाई कुलो लगाई पानी आएर गोडौँला’ चर्चित गितहरु यो असार महिनामा मजैले सुन्न सकिन्छ। मध्य गर्मीको यो समयमा युवा लाठे र युवती रोपाहारले खेतका गराको हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्छन् ।
तर यो वर्ष भने कोरोना भाईरस संक्रमणको जोखिमका कारण हिलो खेल्न प्रशासनले रोक लगाएको थियो । सिद्धलेक गाउँपालिकाले आयोजना गरेको धान दिवास तथा रोपाई महोत्सवमा गाउँ पालिका प्रमुख प्रेमनाथ सिलवाल भने आफै हिलो खेल्न व्यस्त देखिए ।
यस वर्षको १७ औं राष्ट्रिय धान दिवस तथा रोपाइ महोत्सवको नारा धान उत्पादनमा व्रिद्धी स्आत्मनिर्भरता र समृद्धिु तयार गर्यो। यस वर्ष रोपाई गर्न सरकारले निश्चित मापदण्ड बनायो ।
मापदण्ड थियो रोपाहार तथा लाठेबीच हिलो छ्याप्न नपाईने, २५ जनाभन्दा बढी जम्मा हुन नपाईने, २५ जनाभन्दा बढी हुने भए समूह वा झुण्ड बनाउनु पर्ने र रोपाइस्थलमा मास्क, स्यानिटाइजर र साबुन पानीको व्यवस्था हुनुपर्ने नियम तर संघीय सांसद भुमि त्रिपाठी नै उपस्थित रोपाई महोत्सव गाउँपालिकाले मापदण्डको ख्याल गरेन । गाउँपालिका प्रमुख आफै हिलो खेल्न व्यस्त रहे ।
संघयी सांसद भुमि त्रिपाठीको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा सामाजिक दुरी कायम गरेको पनि देखिएन । सिद्धलेकले बाजा गाजा सहित सोमबार रोपाई गरेर दिवस बनाएको थियो । रोपाई सकिए सँगै गाउँपालिकाले खसि काटेर दहि चिउरा सँगै भोज गरेको थियो । (धादिङपोष्टका लागि फोटो सौजन्य उत्तम भट्ट)
सिद्धलेकमा भएको रोपाईको फोटो





