
धादिङ असार १३ । धादिङको खनियावास गाउँपालिकाको गाउँसभामा भएको लफडा अहिले उत्कर्षमा पुगेको छ ।
गाउँ सभाकै बीचमा गाउँपालिकाका प्रमुख रणबहादुर तामाङ र प्रमुख प्रशासकीय अधिकृत बीचको विवादको भिडियो अहिले सामाजिकमा छरपष्ट बनेको छ ।
विवाद सँगै गाउँपालिकाले विज्ञप्ती प्रकाशित गरि प्रमुख प्रशासकीय अधिकृत विष्णु गुरुङलाई कानुन विपरित पद मुक्त गरि दिएको छ ।
भिडियोमा गाउँपालिका प्रमुखले प्रमुख प्रशासकीय अधिकृतलाई अपशब्द बोलेको प्रष्ट सुनिन सकिन्छ तर उल्टै गाउँपालिकाले विज्ञप्ती निकाली प्रमुख प्रशासकीय अधिकृतले गाउँपालिका प्रमुखलाई निच शब्द प्रयोग गरि सभाहलमा अपमान गरेको भन्दै जिम्मेवारीबाट हटाईएको जनाएको छ ।
विवाद किन भयो ?
गाउँपालिका प्रमुखले नेपाल शिक्षक संघका खनियाबासका अध्यक्ष धनबहादुर तामाङ छोरालाई कर्मचारीको रुपमा राख्नु पर्ने बताएका थिए तर प्रमुख प्रशासकिय अधिकृतले प्रतिस्पर्धाबाट बताए सँगै विवाद भएको हो ।
गाउँपालिका अध्यक्ष तामाङले आफूले भने अनुसार कर्मचारी भर्ना गर्न नपाएको र आफूखुसी गाउँपालिकाको बजेट खर्च गर्न नपाएपछि कर्मचारीमाथी गाउँसभाको दिनमै दुरव्यवहारमा उत्रिएको नेकपा खनियाबासका सदस्य प्रदिप फ्यूवाले बताए ।
कानुन विपरित प्रमुख प्रशासकीय अधिकृत जिम्मेवारीबाट हटाईएपछि जनता समाजबादी पार्टी र नेकपा खनियाबासले प्रेस विज्ञप्ती प्रकाशन गरि गाउँपलिका प्रमुख प्रशासकिय अधिकृतमाथी भएको घटनाको भत्र्सना गर्दै शुशासनको अनुभूति हुनेगरि काममा फर्कने वातावरण बनाउन माग गरेको छ ।
यस्तो आयो दुई विज्ञप्ती



