
धादिङ असार ११ । धादिङको सिद्धलेकगाउँपालिकाले कृषि तथा पशुपालन, सामाजिक विकास, आर्थिक विकास, स्वास्थ्य, पर्यटन विकास लगायतका विषयलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्याएको गाउँपालिका प्रमुख प्रेमनाथ सिलवालले बताएका छन् ।
बुधबार सम्पन्न गाउँसभामा प्रमुख सिलवालले व्यवस्थित पशुपन्छी फर्म, पोल्ट्री फर्म, मौरीपालन तथा दुग्ध उत्पादनको विकासका लागि आधुनिकीकरण र प्रविधिकरण गरी व्यवसायिक रुपमा सञ्चाआलन गर्ने, प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगतका रोजगारमुलक आयोजनाहरु संचालन गरी वढ्दो बेरोजगारीको समस्यालाई न्युनिकरण गर्ने गरि नीति तथा कार्यक्रम तयार गरिएको बताएका थिए ।
पूर्वाधार विकास नीति
सडक तर्फ
- गाउँपालिकाको मुख्य ३ सडकलाई नमूना सडक घोषणा गरी स्तरउन्नती र कालोपत्रे गर्ने काम प्राथमिकतामा राख्ने ।
- विभिन्नर भौतिक संरचना र पूर्वाधारलाई राष्ट्रि य मापदण्ड अनुरुप निर्माणमा प्राथमिकता दिने ।
- बस्ती र वडा जोड्ने सडकलाई प्राथमिकता दिने ।
- यस आर्थिक बर्षको लागि सम्भव भएसम्म नयाँ सडक ट्रयाक खोल्ने कार्य सूचारु नगर्ने ।
- वास्तविक कृषि र उत्पादन हुने क्षेत्रको पहिचान गरी सो क्षेत्रमा उत्पादित हुने वस्तुलाई नजिक बजारसम्म पुर्याउन तथा ढुवानी कार्य गर्न आवश्यक पर्ने कृषि सडक निर्माणमा जोड दिने ।
- सडक निर्माण कार्य गर्दा क्षति कम हुने र सुरक्षाको दृष्टिकोणले सवल ठाउँमा सडकहरु निर्माण गर्ने ।
- प्राथमिकता तथा आवश्यकताको आधारमा सडक, सामुदायिक भवन, सिंचाई, विद्यालय भवन, सार्वजनिक शौचालय, मठ मन्दिर, मरणघाट, स्वास्थ्य चौकी भवन, यात्रु प्रतिक्षालय, खेल ग्राउण्ड निर्माण, ग्रामिण विद्युत विस्तार, कृषि सामाग्री संकलन केन्द्र तथा पशु हाटबजार निर्माण, पोखरी निर्माण तथा चौतारा, धाराकुलो, खोलाकिनारा संरक्षण गर्ने ।
भवन तथा बस्तीको विकास तर्फ
- गाउँपालिकाको शहरोन्मुीख क्षेत्रमा भवन निर्माण आचार संहिता पूर्ण रुपमा पालना हुनेगरी भुकम्प प्रतिरोधात्मक भवन निर्माण कार्यलाई कडाईका साथ लागू गर्ने ।
- भवन निर्माण कार्यलाई व्यवस्थित गर्न आधारभूत भवन निर्माण मापदण्ड तयार गरी सोही अनुसार कार्यान्वयन गर्ने ।
- यसअघि निर्माण भईसकेका भवनको हकमा दिईएको म्यादभित्र आवश्यक शुल्क लिई नक्सा अभिलेखिकरण गर्ने कार्यलाई आरम्भ गर्ने ।
- गाउँपालिकाको कुनै स्थानमा ६० प्रतिशत वा सो भन्दा बढी जनताको माग भईआएमा व्यवस्थित बस्ती विकास वा ल्याण्डपुलिङको कार्यक्रम सञ्चालनमा जोड दिने ।
खानेपानी तथा सरसफाई तर्फ
- देशव्यापी एक घर एक धाराको राष्ट्रिय नीतिलाई यस गाउँपालिकाले पनि यस आ.व.को मुख्य खानेपानी नीतिको रुपमा लिई मूर्तरुप दिने ।
- बुङचुङ लगायतको क्षेत्रमा अव्यवस्थित खानेपानीलाई व्यवस्थित गर्दै स्रोतको खोजी गर्नेगरी बुङचुङ एकीकृत खानेपानी आयोजनाको सम्भाव्यता अध्ययन गर्ने ।
- गाउँपालिकामा रहेका विभिन्न खानेपानी श्रोतको पहिचान गरी संरक्षण र श्रोत व्यवस्थापनलाई प्राथमिकतामा राख्ने ।
- खानेपानी आयोजनाहरुको तत्काल गर्नुपर्ने मर्मत तथा सुधारमा जोड दिने ।
- यस गाउँपालिका केन्द्रको थोपल खोलामा अव्यवस्थित फोहोरमैलालाई व्यवस्थित गर्न डम्पिङ साईट निर्माणको अवधारणा ल्याई आवश्यक सम्भाव्यता अध्ययन गर्ने ।
- ठूला खानेपानी आयोजनाको डि.पि.आर. गर्ने कार्यलाई प्राथमिकतामा राखिने ।
- डिप बोरिङ गर्ने कार्यले खानेपानी मुहानहरु सुक्ने र लोप हुनसक्ने तथ्यलाई मध्यनजर गर्दै लिफ्ट खानेपानी निर्माणमा जोड गर्ने ।
- च्याडु क्षेत्रमा निलकण्ठ नगरपालिकाले फोहोर व्यवस्थापन गर्दै आएकोले त्यसले वातावरणीय असर गरेको हुँदा त्यसलाई हटाउन आवश्यक समन्वय र पहल कदमी लिने ।
पर्यटन तर्फ
- गाउँपालिकामा एक वडा एक रमणीय उद्यानको पूर्वाधारको निर्माण गर्ने नीति अनुरुप यस बर्ष पाईलट प्रोजेक्टको रुपमा ठाउँ पहिचान गरी एउटा सार्वजनिक इको पार्क निर्माणमा जोड दिने ।
- सिद्धलेक, ढेवालेक लगायत पर्यटकीय क्षेत्रहरुमा सेड निर्माण, खानेपानी लगायत पिकनिक स्थलको रुपमा पूर्वाधारहरु तयार गर्ने ।
सिंचाई तर्फ
- कोभिड– १९ को नकारात्मक असरको कारण उत्पन्न हुनसक्ने खाद्य संकटलाई मध्यनजर गर्दै साना सिंचाई तथा कुलो निर्माणमा प्राथमिकता दिने ।
- सिंचाई खोलानाला, नदि, नहर जस्ता सिंचाई पूर्वाधार स्थलहरुको संरक्षण गर्ने नीति लिने ।
- आवश्यक परेको ठाउँमा सोलारबाट लिफ्ट सिंचाई प्रविधिलाई प्रश्रय दिने ।
पूर्वाधार मर्मत तथा सुधार तर्फ
- गाउँपालिका स्तरीय योजनाको मर्मत सम्भार गर्न मर्मत सम्भार इकाईको स्थापना गर्ने र सोही इकाई मार्फत कार्य सम्पादन गर्ने नीति लिने ।
अन्य:
- सडक पूर्वाधारले जोखिममा परेका घर वा बस्ती संरक्षण गर्ने कार्यलाई प्राथमिकतामा राखी आवश्यक परेको क्षेत्रमा भु–संरक्षणका उपायहरु अबलम्वन गर्दै बायो इन्जिनियरिङ प्रविधिबाट समाधानका उपायहरु खोज्ने ।
- खोला, नदिले खेतीजन्य जमिनहरु कटान गरी उत्पादनमा ह्रास आउने हुँदा तटबन्धन निर्माण कार्यलाई तीव्रताका साथ अगाडि बढाउने ।
कृषि, पशुसेवा, वातावरण तथा बिपद् व्यावस्थापन नीति
- कृषि तथा पशुपन्छी पालनमा प्रयोग हुने आधुनिक कृषि यान्त्रिकरण व्यावसायिक कृषि योजनाको लागि मात्र प्रयोग हुने गरी कृषि यन्त्रषहरु खरिद गरी आवश्यक मापदण्ड पुरा गरेर वितरण गर्ने ।
- कृषि यान्त्रिकरणलाई दिगो र कम खर्चिलो वनाउन मर्मत सम्भारको उचित व्षवस्था गरिने छ ।
- मौलिक खाद्यान्न्, फलफूल, तरकारी बालीहरु र पशुपन्छीपालन तथा मत्स्यपालनको उत्पादन र उत्पादकत्व प्रवर्द्धन गर्नको लागि बास्तविक किसान पहिचान गरी कृषकहरुलाई अनुदानको व्यवस्था गर्ने ।
- सहकारीहरुको साझेदारीमा कृषि तथा पशुविमा कार्यक्रमलाई निरन्तरता दिइने छ ।
- कृषि तथा पशुसेवा र व्यवसाय सम्वन्धी अनुदानहरु गाउँपालिकामा दर्ता भएका फर्महरुलाई मात्र दिने व्यवस्था मिलाई औपचारिक अर्थतन्त्रलाई प्रोत्साहन गरिनेछ ।
- कृषि उत्पादनलाई आवश्यक पूर्वाधारहरु सडक, बिद्युत, सिंचाई, शित भण्डार, संकलन तथा विक्री केन्द्रको विकास गर्ने ।
- कृषि उपजहरु संकलन तथा वजार प्रवर्द्बनमा सहुलियत दिन सवारी साधन खरिदमा सहकारी संस्थाहरुलाई अनुदान दिइने नीति लिइने छ ।
- वातावरण प्रदुषण हुँदै जानु, खाद्यान्नि तरकारी फलफुल आदि रासायनिक विषादीको कारणले मानव जीवनमा असर गर्दै जानु र वातावरणलाई समेत नराम्रो प्रभाव पारेको हुँदा न्यूनिकरण गर्दै लैजानको लागि अर्गानिक खेतीलाई प्रोत्साहित गर्दै अर्गानिक कृषि बस्तुको समेत प्रमाणिकरण गर्ने र माटो परिक्षणको लागि माटोको गुणस्तर तथा हावापानी अनुकूल खेती गर्न कृषकहरुलाई प्रोत्साहित गर्ने ।
- कृषकहरुले खेती गर्दै आएको तरकारी, फलफूल, खाद्यान्नल बाली र दूध उत्पादन गर्ने कृषकहरुलाई लागतका आधारमा उत्पादनको उचित मुल्य प्राप्त गर्ने गरी कृषि उपज बजारीकरणको प्रबन्ध गर्ने र कृषकहरुले बाली लगाउनु पूर्व कुन किसानले कति जग्गामा कुन बाली लगाएको छ त्यस बालीको लागतमा न्यूनतम समर्थन मूल्य तोकी कृषकहरुको बचत सुनिश्चिलत गर्ने र बजेटको लागि संघ र प्रदेश सरकार संग समन्वय गर्ने ।
- व्यावसायिक कृषि क्षेत्रको आत्मनिर्भरतालाई कायम राख्दै अझ समृद्ध बनाउन वडा स्तरमा रहेका कृषि सहकारी, निजि क्षेत्र, बैंक तथा बित्तिय क्षेत्र र गैह्र सरकारी संस्थाहरुसँगको सहकार्यमा कार्यान्वयन हुने गरी एक पुनर्स्थापना कोष खडा गरी हाम्रो कृषि हाम्रो पौरखू भन्ने् नाराका साथ गाउँपालिका प्रमुख नवप्रवर्तन कृषि कार्यक्रम कार्यान्वयन गर्ने ।
- पोषणयूक्त आहाराको उत्पादन र भौगोलिक क्षेत्र अनुसार पशुपन्छी पालन गाई, भैँसी, बाख्रा¸ बंगुर र कुखुरा गरी दूध, मासु तथा अण्डा उत्पादन बढाउने साथै प्रदेश सरकारको सहयोगमा पशु सुत्केरी भत्ता कार्यक्रम सञ्चानलन गर्ने ।
- पशुजन्य उत्पादनको गुणस्तर नियन्त्रण तथा नियमन गर्न बजार व्यवस्थापनमा सहजीकरण गर्ने र पशु रोग बिरुद्ध खोप कार्यक्रमलाई अभियानको रुपमा सञ्चा लन गर्नुका साथै पशुबाट सर्ने रोगहरुको निदान, रोकथाम र नियन्त्रण गरी प्रत्येक वडामा कृषि तथा पशु सेवा पुर्याकउने ।
- जलवायू परिबर्तन हुँदा रोगको प्रकोप एवं प्राकृतिक बिपद् बाट आउने जोखिम न्यूनिकरण गर्न बाली तथा पशु बिमाको विस्तार र जलवायू अनुकूलन कार्यक्रम सञ्चापलन गरी लगानी सुरक्षण गर्ने ।
- बाँझो जग्गाको सदुपयोग ९ उत्पाादनमा सहयोगू भन्नो सोचाईका साथ बाँझिदै गएको खेतीयोग्य जमिनलाई कृषि र पशुपालनको लागि उपयोगमा ल्याउन कृषक समुहर कृषि सहकारी सँग सहकार्य गरी बाँझो जमिनको लगत संकलन गरी भूमी बैंकको स्थापना गर्ने । आवश्यक सहयोग गर्ने ।
- हरेक वडामा कृषकहरुको चाहना, भौगोलिक बनोट र माटोको प्रकृति अनुसार उपयूक्त बाली र वस्तुको पहिचान गरी फलफूल, तरकारी, मसलाबाली, मौरीपालन र खाद्यान्नर बालीको व्यावसायिक पकेट क्षेत्र बनाउने ।
- स्थानीय स्तरमा कृषकहरुको घर दैलोमा कृषि तथा पशु सेवा प्रसार पुर्यामउन एक वडा एक प्राविधिकको व्यवस्थापन गर्ने ।
- पशुपालन क्षेत्रमा पशुपन्छी पालनका लागि हरेक वडामा एक वडा एक उत्पादन पकेट क्षेत्रमा कृषि तथा पशुपन्छी उत्पादन कार्यक्रम सञ्चालन गर्ने ।
- खाद्यान्नक तरकारी तथा फलफूल र लोप हुँदै गएका स्थानीय रैथाने बालीको उत्पादन तथा रैथाने बालीको बीउ बैंक स्थापना गर्ने ।
- पशु नश्ले सुधारका लागि प्राकृतिक गर्भाधान को लागि बोका तथा राँगा कृत्रिम गर्भाधान को लागि आवश्यक पर्ने उपकरण र सिमेन नाईट्रोजनको व्यवस्थापन गर्ने ।
- यस आर्थिक बर्षदेखि प्रत्येक वडामा पशुपालनको लागी घाँसको श्रोत केन्द्र स्थापना गर्ने ।
- सामुदायिक बनलाई सुदृढिकरण गर्न बन उपभोक्ता समिति र डिभिजन बन कार्यालय धादिङसँग समन्वय गरी बन बिविधिकरण तथा बृक्षारोपण कार्यक्रम मार्फत स्तरोन्नसति गर्ने ।
- स्वच्छ टोल ९ स्वच्छ गाउूँ अभियान अन्तर्गत हरित सडकको लागि सडक दायाँबायाँ बिभिन्न प्रजातीका बिरुवा बृक्षारोपण गर्ने ।
- पशुपन्छीमा लाग्नो रोग नियन्त्रण गर्न गाउँपालिका स्तरमा पशु स्वास्थ्य ल्किनिक सञ्चा्लन भएकोमा त्यसलाई निरन्तरता दिने ।
- प्लाष्टिकजन्य फोहोर व्यवस्थापन गर्न प्रत्येक टोलमा डस्टविनको व्यवस्था गर्ने तथा जनचेतना अभिवृद्धि गर्ने ।
- विपद्सँग लड्न सक्ने क्षमता विस्तार, विपद्मात चाहिने संपूर्ण पूर्व सुरक्षाको सामाग्रीहरुको सुनिश्चितता तथा विस्तार गर्दै विपद् पूर्वतयारी कोष वृद्धि गर्ने ।
शिक्षा, युवा तथा खेलकुद नीति
- सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्न विगतका आ.व. हरुमा तय गरिएका सबै कार्यक्रमहरुलाई निरन्तरता दिँदै नयाँ थप गर्दै लैजाने ।
- तहगत दरबन्दी कम भएका मा.वि तथा आ. वि. हरुलाई विशेष अनुदानको व्यवस्था गर्ने ।
- प्रविधि मैत्री शिक्षण प्रकृयामा जोड दिने ।
- विषयगत शिक्षकको तालिमको व्यवस्था गर्ने, स्थानीय पाठ्यपुस्तक निर्माण, स्थानीय तह छात्रवृत्ति कार्यक्रम, दिवा खाजा कार्यक्रम सञ्चालन गर्ने ।
- विद्यालय भवनको मर्मत सम्भार, विद्यालयमा खेलकुद सामाग्रीको व्यवस्थाका साथै विद्यार्थी भर्ना कार्यक्रम र अभिभावक सचेतना कार्यक्रम सञ्चारलन गर्ने ।
- बालबालिकाहरुमा अन्तरनिहित प्रतिभाहरु प्रस्फुटन गराउनको लागि अतिरिक्त क्रियाकलाप, अन्तरक्रिया, खेलकुद र शैक्षिक प्रदर्शनी जस्ता कार्यक्रमहरुमा जोड दिने ।
- अपाङ्गता भएका बालबालिकाहरुलाई पठनपाठनमा थप प्रोत्साहन गर्ने कार्यक्रमहरु तय गर्ने ।
- उत्कृष्ट शिक्षक, विद्यार्थी र विद्यालयहरुलाई विशेष सम्मान सहित पुरस्कृत गरिने ।
- विद्यालयहरुमा शैक्षिक व्यवस्थापन प्रणालीलाई चुस्त राख्न विशेष व्यवस्था गर्ने ।
- न्यून तलब सुविधा भएका विद्यालय कर्मचारी र बाल शिक्षा सहयोगी कार्यकर्ताहरुलाई थप गरिदैँ आएको सुविधालाई निरन्तरता दिने ।
- शिक्षकको पेशागत दक्षता वृद्धि गर्न शिक्षक तालिमलाई निरन्तरता दिइने ।
- ५० बर्ष उमेर र २० बर्ष स्थायी सेवा अवधि पूरा भएका सामुदायिक विद्यालयका शिक्षकहरुले स्वैच्छिक अवकाश लिई व्यवसाय गर्न चाहेमा विशेष अनुदानको व्यवस्था गर्न पहल गर्ने ।
- आधारभूत तहको सबै कक्षामा स्थानीय पाठ्यक्रम निर्माण र प्रयोग गर्ने ।
- भौतिक पूर्वाधारको विकास कम भएका विद्यालयहरुलाई पूर्वाधार विकासमा जोड र पूर्वाधार विकास भईसकेका र विद्यार्थी संख्या मापदण्ड अनुसार भएका विद्यालयहरुमा कक्षा १२ संचालन तथा प्राविधिक शिक्षाको लागि माग भएमा विशेष व्यवस्था गर्ने ।
- गा।पा।मा एक सुविधा सम्पन्ना खेलमैदान र प्रत्येक वडामा एक खेलमैदान निर्माणमा जोड दिने ।
- खेलकुदको विकास गरी युवा पुस्तालाई खेलमा आकर्षित गराउन विशेष कार्यक्रमको तय गर्ने ।
स्वास्थ्य तथा समाज कल्याण नीति
स्वास्थ्य
- विद्यालय स्वाथ्य शिक्षा कार्यक्रमलाई निरन्तरता दिइने ।
- स्वास्थ्य सेवा प्रवर्द्धनको लागि समुदाय अभिमुखीकरण गर्दै जाने ।
- पूर्णखोप दिगोपना कार्यक्रम सञ्चाालन गरिने ।
- स्वास्थ्य संस्था व्यवस्थापन समितिको क्षमता विकास गरिने ।
- मोवाइल स्वास्थ्य र ग्रामिण अल्ट्रासाउन्ड कार्यक्रम सञ्चोलन गरिने ।
- स्वास्थ्य व्यवस्थापन सूचना प्रणालीलाई सुदृढ वनाउने ।
- महिला स्वास्थ्य स्वयंसेविका कार्यक्रम मार्फत समुदाय स्वास्थ्य कार्यक्रम सञ्चासलन गरिने ।
- पालिका स्तरमा मासिक समीक्षा बैठक गर्ने ।
- औषधीको उपलब्धता सुनिश्चिषत गरिने ।
- मानसिक स्वास्थ्य सम्बन्धी कार्यक्रमहरु सञ्चाालन गरिने ।
- आमा सुरक्षा तथा सुत्केरी सहयोग कार्यक्रमलाई निरन्तरता दिईने ।
- धादिङ जिल्लाका सवै स्थानीय तहसँग मिलेर रक्त संचार कोष स्थापना गरी निःशुल्क रक्त सञ्चागर सेवा पुर्योउन पहल गर्ने ।
- पूर्ण सरफाईको रणनीतिलाई कार्यान्वयन गर्दै फोहोरमैला व्यवस्थापन गर्न उयपयुक्त स्थानमा ल्यान्डफिल्ड साइड तयार गरिनेछ ।
- सुरक्षित प्रसुति सेवालाई प्रोत्साहन गर्ने साथै सवै वर्गको नागरिकहरुलाई स्वास्थ्य संस्था सम्मको पहूँच सुनिश्चित गर्ने तथा गर्भवती र सुत्केरी महिलाहरुलाई दिइने सेवामा बढोत्तरी गर्ने ।
- सबै सुत्केरी महिलाहरुलाई पोषणको लागि कुखुराको भाले तथा अण्डा दिने र दलित सुत्केरी महिलाहरुलाई यातायात खर्च दिने कार्यक्रमको निरन्तरता गर्दै अपाङ्गता भएका व्यक्तिहरुलाई उनीहरुको जीवनयापनमा प्रत्यक्ष सहयोग गर्ने किसिमको सामाग्री प्रदान गर्ने र महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई प्रोत्साहन गर्ने
कोभिड-१९ को रोकथाम तथा असर व्यवस्थापन:
- विदेशवाट फर्किएका नागरिकहरुको स्वास्थ्यलाई ख्याल गर्दै सुरक्षित राख्नर परामर्श दिई होम क्वाारेन्टिनमा राख्नेक र त्यहाँ रहँदै कोभिड-१९ का लक्षण देखा परेमा सो को व्यवस्थापन गाउँपालिकाले गर्ने ।
- कोभिड १९ वाट मृत्यु भएमा गाउँपालिकाले मृतकका परिवारलाई रु ५०,०००। सम्म आर्थिक सहयोग गर्ने नीति लिइने छ । साथै मृतक शरीरको विसर्जन गर्न आवश्यक नीति व्यवस्थित गरिनेछ ।
- कोभिड -१९ का कारण वैदेशिक रोजगारवाट फर्किएका र स्वदेशमै पनि रोजगारी गुमाएका व्यक्तिहरुका लागि रोजगारी सुरक्षा गर्न श्रममूलक पूर्वाधार विकास परियोजनाहरु छनौट गरी कार्यान्वय गरिने छ ।
- कोभिड-१९ रोकथाम तथा असरलाई व्यवस्थित गर्न आवश्यक विपद् कोषलाई रकमको पर्याप्तक व्यवस्था गरिनेछ ।
महिला तर्फ:
- महिला शसक्तिकरण तथा जीवनस्तर विकास कार्यक्रम । गाउँपालिका भित्रका सवै महिलाहरुलाई सहकारीमा आवद्धता गराउने ।
- लैंगिक तथा घरेलु हिंसा विरुद्ध उपाध्यक्ष कार्यक्रम सञ्चागलन गरिने । किशोरीहरुको क्षमता विकासका लागि स्वास्थ्य तथा प्रजनन अधिकार सम्बन्धी कार्यक्रम ।एकल महिलाहरुको आयआर्जनका लागि व्यवसायिक सीप विकास सम्बन्धी तालिम ।
बालबालिका तर्फ:
- बाल विकास तथा संरक्षण कार्यक्रम ।
- बाल क्लब गठन तथा सञ्चाषलन ।
- अपाङ्ग बालबालिकाको अधिकार संरक्षण सम्बन्धी कार्यक्रम ।
जेष्ठ नागरिक तर्फ:
- जेष्ठ नागरिक सम्मान कार्यक्रम ।
- जेष्ठ नागरिक पालन पोषण तथा स्नेमह कार्यक्रम ।
दलित तथा जनजाति तर्फ :
- दलित तथा जनजाति क्षमता विकास कार्यक्रम ।
- जातीय विभेदको अन्त्यको लागि सचेतना कार्यक्रम ।
- दलित तथा जनजातिहरुको आयआर्जन तथा जीवन स्तर सुधार कार्यक्रम ।
अपाङ्ता तर्फ:
- अपाङ्तामैत्री वातावरण तथा पूर्वाधार निर्माण सम्बन्धी कार्यक्रम ।
- अपाङ्ता भएका व्यक्तिको उचित हेरचाह र संरक्षण सम्बन्धी कार्यक्रम ।
- अपाङ्हरुको आयआर्जन तथा जीवनस्तर सुधार कार्यक्रम ।
सार्वजनिक सेवा तथा क्षमता विकास नीति:
- यस गाउँपालिकालाई आवश्यक पर्ने सांगठनिक संरचना अन्तर्गतको स्वीकृत दरवन्दी अनुसार कर्मचारी व्यवस्थापन गर्ने ।
- स्थानीय कर्मचारीहरुको अवकास कोषको रुपमा कर्मचारी कल्याणकोषको व्यवस्था गर्न र उक्त कोष सञ्चागलनको लागि स्थानीय सरकार संचालन ऐन २०७४ को दफा १०२ को व्यवस्था अनुसार कर्मचारी कल्याणकोष कार्यविधि बनाउने ।
- यस गाउँपालिकाको कार्यालयमा कार्यरत अस्थायी तथा करार सेवामा कार्यरत कर्मचारीहरुलाई आवश्यकताको आधारमा निरन्तरता दिइने ।
- संगठन संरचनामा दरवन्दी हेरफेर वा मिलान गर्नु पर्ने अवस्थामा हाल संघीय, प्रादेशिक कर्मचारी सम्वन्धीका ऐन नियमावलीजस्ता कानून तयार भै नआएको अवस्थामा परिमार्जित संगठन संरचना व्यवस्थित गर्न गाउँसभाबाट नीति तर्जुमा गरी सोही अनुसारको कर्मचारी संगठन संरचना स्वीकृतको लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रलायमा लेखि पठाउने ।
- यस गाउँपालिका अन्तर्गत कार्यरत सबै तह र सेवाका कर्मचारीहरुको क्षमता विकासको लागि विशेषज्ञहरुबाट तालिम दिई आवश्यक सीप विकासको व्यवस्थापन गर्ने ।
- गाउँपालिका तथा वडा कार्यालयहरुबाट दक्षतापूर्वक सेवाग्राहीहरुलाई सेवा प्रवाहका लागि क्षमता विकाससँग सम्वन्धित कार्यालयगत साधनहरुको उपलव्ध गराउने ।
- सीपयुक्त जनशक्ति निर्माण गरी गाउँपालिकाको विविध क्षेत्रहरुमा विषयगत क्षेत्रका प्राविधिक सहयोग उपलव्ध गराई समुदाय स्तरमा सेवा प्रवाहमा विकास गर्ने ।
- आगामी आ।व देखि मासिक रुपमा आन्तरिक लेखा परीक्षण शाखावाट लेखा परीक्षण गर्ने तथा पूर्व लेखा परीक्षणको अभ्यास गरिनेछ ।
विविध :
- यस गाउँपालिकाको रोजगार सेवा केन्द्रमा रहेको रोजगार व्यवस्थापन सुचना प्रणालीलाई थप विकसित गर्दै श्रमबजारमा रहेका सीप र क्षमताको सदुपयोग गर्न सहज हुने गरी उनीहरुको व्यक्तिगत विवरण रहेको श्रम सूचना बैंक स्थापना गर्ने ।
- रोजगार सेवा केन्द्रले रोजगारदाता र रोजगारीको खोजिमा रहेकाहरु बीच सम्पर्क स्थापित गरी रोजगार प्राप्तिहमा सहयोग गर्ने ।
- प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगतका रोजगारमुलक आयोजनाहरु संचालन गरी वढ्दो बेरोजगारीको समस्यालाई न्युनिकरण गर्न पहल गर्ने ।
- राष्ट्रिय परिचयपत्र तथा पञ्जिेकरण विभाग अन्तर्गत संचालित सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता प्रणाली सुदृढिकरण गर्न आवश्यक पर्ने कार्यक्रमहरु संचालन गर्ने ।
- गाउँपालिकाद्बारा पहिला वनाइएका ऐनहरु समय सापेक्ष वनाउन र संघ तथा प्रदेशले वनाएको कानुनसंग नवाझिने गरी आवश्यक संसोधन गरिने ।
- न्युनतम श्रम मुल्य लागु गर्ने तथा ज्यालामा एकरुपता कायम गर्ने ।
- स्वरोजगारलाई प्रोत्साहन गर्ने तथा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत रोजगारीका थप अवसर सृजना गर्ने
- आ।व २०७६/०७७ मा गाउँपालिकाका सवै वडालाई समेट्ने गरी मेलमिलापकर्ताको तालिम दिन वजेट विनियोजन भएकोमा कोभिढ(१९ को कारण सो तालिम सम्पन्नन गर्न नसकिएकोले आगामी आ.व. मा सम्पन्न गर्ने ।
- अन्त्यमा माथि उल्लिखित नीति तथा कार्यक्रमहरुको कार्यान्वयन गर्न वजेट विनियोजन गरी कार्यक्रम संचालन गरिनेछ ।

