
धादिङबेसी असार १ । धादिङको नीलकण्ठ नगरपालिकामा आज ९ जनामा कोरोना संक्रमण पुष्टि भएको नगरपालिकाका स्वास्थ्य संयोजक विष्णु रिजालले बताएका छन् । यो सँगै धादिङमा संक्रमित हुनेको संख्या ९२ जना पुगेको छ ।
स्वास्थ्य संयोजक रिजालका अनुसार आज थप पुष्टि हुनेमा नीलकण्ठ १४ मा १ जना, २ मा २ जना, ५ मा ३ जना, ७ मा २ जना र वडा नं. १० मा १ जना रहेका छन् ।
संक्रमित मध्ये नेत्रावती डब्जोङ गाउँपालिकाको एक पुरुष, गल्छी गाउँपालिकाकी एक महिला र थाँक्रेका एक पुरुष, सिद्धलेककी एक महिला र धुनिबेशीकी कोरोना संक्रमित एक महिला गरी ५ जना निको भएर फर्किसकेका छन् ।
संक्रमितको संख्या
धादिङको नीलकण्ठ नगरपालिकामा ५१ जना
ज्वालामुखी गाउँपालिकामा २७ जना
त्रिपुरासुन्दरी गाउँपालिकामा ७ जना
सिद्धलेकमा २ जना
नेत्रावती डब्जोङमा १ जना
गल्छीमा १ जना,
थाँक्रेमा १ जना
धुनीबेसी नगरपालिकामा १ जना
गजुरी गाउँपालिकामा १

