धादिङमा कोराना संक्रमितको संख्या ८२ पुग्यो, आज थपिए २३ जना

Avatar photo
Dhadingpost
जेष्ठ ३१, २०७७

धादिङ जेष्ठ ३१ । धादिङ जिल्लाको ९ वटा स्थानीय तहका ८२ जनालाई कोरोना भाईरस संक्रमण भएको पुष्टि भएको छ ।

यस अघिको ९ वटा स्थानीय तहका ५९ जना संक्रमित पुष्टि भएको धादिङमा शनिबार नीलकण्ठ नगरपालिकाका २३ जनालाई कोरोना भाईरसको संक्रमण भए सँगै धादिङमा संक्रमित हुनेको संख्या ८२ पुगेको हो ।

सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु काठमाडौँका डाइरेक्टर डा. सागरराज भण्डारीका अनुसार पछिल्लो संक्रमितहरु नीलकण्ठ नगरपालिका वडा नं १ का २४, २६, ३५ वर्षीय महिला र २६,३२,२९ वर्षीय पुरुष गरी ६ जना, वडा नं ४ का २३ वर्षीय पुरुष, वडा नं ७ का ३८, ३२, २५, २२, ६२, ३२, ३२, ४७, ३० वर्षीय पुरुष गरी ९ जना र वडा नं १४ का ३२, ३५ वर्षीय महिला र १८, २०, २५, ४१, ४५ वर्षीय पुरुष गरी ७ जना छन् ।

धादिङका संक्रमित मध्य ३ जना निको भएर फर्किएका छन्, भने अन्यको स्वास्थ्य अवस्था सामान्य रहेको छ । जिल्लामा अहिले सम्म आरडिटी परिक्षण २, ५२२ जना, पिसिआर परिक्षण ५३९ जना गरिएको छ । जसमा पिसिआर परिक्षण रिपोर्ट पोजेटिभ आउनेमा ८२ जना पुगेका छन् । जिल्ला भरका क्वारेन्टिनमा २५७ जना र होम क्वरेन्टिनमा ४५६ जना रहेको जिल्ला स्वास्थ्य कार्यालय धादिङका सूचना अधिकारी दिपक अछामीले धादिङपोष्टलाई बताए ।

धादिङमा कहाँ कति भेटिए कोरोना संक्रमित
१. नीलकण्ठ नगरपालिकामा -४१ जना
२. त्रिपुरासुन्दरी गा.पा. –७ जना
३. नेत्रावती डब्जोङ गा.पा. –१ जना
४. गल्छी गा.पा. –१ जना
५. थाँक्रे गा.पा.–१ जना
६. धुनीबेसी न.पा. –१ जना
७. सिद्धलेक गा.पा. –२ जना
८. गजुरी गा.पा. –१ जना
९. ज्वालामुखी गा.पा. –२७ जना

x