धादिङमा एकै दिन थपिए २७ जना, यो सँगै संक्रमित संख्या ५८ पुग्यो

Avatar photo
Dhadingpost
जेष्ठ ३०, २०७७

धादिङ जेष्ठ ३० । धादिङको ज्वालामुखि गाउँपालिकामा शुक्रबार एकै दिन २७ जनामा कोरोना पुष्टि भएको छ, यो सँगै जिल्लामामा संक्रमितको संख्या ५८ पुगेको छ ।

भारतबाट फर्किएका ६८ जनाको पीसीआर टेष्टको लागि पठाईएकोमा २७ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको गाउँपालिका प्रमुख विनोद तिमल्सिनाले धादिङपोष्टलाई बताए ।

बिहिबार सम्म ३१ जना संक्रमितहरुको अंकमा शुक्रबार एकै दिन २८ जना थपिए सँगै धादिङ जिल्लामा संक्रमितको संख्या ५८ पुगेको हो ।

अहिले सम्म सबै भन्दा बढी संक्रमित भेटिने धादिङको स्थानीय तह मध्य ज्वालामुखी गाउँपालिका पहिलो नम्बरमा छ भने, नीलकण्ठ नगरपालिकामा १७ जना संक्रमित भेटिए सँगै दास्रो नम्बरमा छ । संक्रमित मध्य धादिङमा अहिले सम्म ३ जना निको भएर फर्कि सकेका छन् ।

यो सँगै धादिङका २ नगरपालिका सहित ७ गाउँपालिकामा कोरोना भाईरसका संक्रमित भेटिएका छन्, भने गंगाजमुना गाउँपालिका, रुबीभ्याली गाउँपालिका, खनिवास गाउँपालिका र बेनीघाट गाउँपालिकामा संक्रमितहरु भेटिएका छैनन् ।

हालसम्म देशका ७२ जिल्लामा कोरोना भाइरस संक्रमण देखिएको छ । शुक्रबार थप ४ सय ४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयका अनुसार संक्रमितको संख्या ५ हजार नाघेको छ ।

हालसम्म ८ सय ७७ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । जसमा ७ सय ८६ जना पुरुष र ९१ जना महिला रहेका छन् । हालसम्म यसबाट संक्रमित भएर १५ जनाको मृत्यु भएको छ।

धादिङमा कहाँ कति भेटिए कोरोना संक्रमित

१. नीलकण्ठ न.पा. –१७ जना
२. त्रिपुरासुन्दरी गा.पा. –७ जना
३. नेत्रावती डब्जोङ गा.पा. –१ जना
४. गल्छी गा.पा. –१ जना
५. थाँक्रे गा.पा.–१ जना
६. धुनीबेसी न.पा. –१ जना
७. सिद्धलेक गा.पा. –२ जना
८. गजुरी गा.पा. –१ जना
९. ज्वालामुखी गा.पा. –२७ जना