भिटामिन ‘सी’ र ‘डी’ कोरोनाबाट जोगिन निकै उपयुक्त

Avatar photo
Dhadingpost
जेष्ठ २३, २०७७

विश्वकै तथ्यांक हेर्दा कोरोनाको महामारीमा अधिकतम संक्रमित हुने हुनेहरु रोग प्रतिरोधात्मक शक्ति कम भएको व्यक्तिहरुमा लाग्न सक्ने प्रमुख कारण देखियो ।

अर्को तर्फ हेर्दा जीर्ण रोग हुनेमा प्रतिरोधात्मक शक्ति कम भएकाले संक्रमित धेरै भएको पाईयो । भने रोग प्रतिरोधात्मक शक्ति कम भएका अथवा जीर्ण रोग हुने संक्रमितलाई उपचार गर्नमा पनि कठिन देखियो ।

पन्ध्र वर्ष भन्दा माथिको उमेर समुहले दिनमा करिब १००० मिलिग्राम बराबरको भिटामिन ‘सी’ युक्त खाने कुराहरु खाएमा दश देखि पन्ध्र प्रतिशत रोग प्रतिरोधात्मक शक्ति बढ्नेछ ।

त्यस्तै गरि भिटामिन ‘डी’ युक्त खाने कुराहरु (करिब 60K ) प्रति महिनाको दरले खान सके २० देखि २५ प्रतिशत रोग प्रतिरोधात्मक शक्ति बढ्छ ।

यी दुबै पदार्थ शरीरलाई चाहिने प्रयाप्त मात्रामा सन्तुलित रुपमा खान सके रोग प्रतिरोधात्मक शक्ति निकै बढ्छ ।

नेपालमा RDT परीक्षण लाई निकै प्राथमिकता दिईएको छ उक्त परीक्षण व्यावहारिक रूपमा खासै प्रभावकारी नभएपनि रिपोर्ट पोजेटिव आएको खण्डमा भिटामिन ‘डी’ र भिटामिन ‘सी’ समयमै खान सके रोग प्रतिरोधात्मक शक्ति बढ्नेछ ।

भिटामिन ‘सी’ को राम्रो स्रोत भनेको ताजा फल र सब्जीहरु हुन् भिटामिन सी युक्त खाने कुराहरुमा सुन्तला, अमिलो रसिलो फल, कागती, अमला,टमाटारमा प्रयाप्त मात्रमा पाईन्छ ।

तेस्तै राम्रो सेतो आलु, स्याउ, अम्बा, मौसम, काँचो फल, कटहर, अंगुर, केरा, मुलाको पात, दुध, चुकन्दर, बन्दाकोपी, हरियो धनिँया, पालुंङोको साग इत्यादि भिटामिन सीको राम्रो स्रोत हो ।

बेलायतमा भर्खरै गरेको अनुसन्धानले लकडाउन वा क्वारेन्टाइनमा बस्दा भिटामिन ‘डी शरीर लाई प्रयाप्त मात्रामा नपुग्ने देखिएको छ । हप्तामा तीन-चारपटक घाममा बस्न सके पनि शरीरलाई आवश्यक पर्ने भिटामिन ‘डी पुग्छ। सालमन, टुना आदि माछालाई भिटामिन ‘डी’को उच्च स्रोत मानिन्छ ।

सालमोनको सेवन शरीरका लागि आवश्यक पर्ने भिटामिन ‘डी’को करिब ३० प्रतिशत भाग पूरा गर्न सहायक मानिन्छ । गाईको दूध भिटामिन ‘डी’को राम्रो स्रोत हो । शरीरलाई दिनभरमा आवश्यक पर्ने भिटामिन ‘डी’ को करिब २० प्रतिशत भाग दूधले पूरा गर्छ ।

अण्डामा पनि भिटामिन ‘डी’ प्रशस्त मात्रामा पाइन्छ । मुख्यतः भिटामिन ‘डी’ अण्डाको भित्री भागमा पाइने भए पनि अण्डालाई पूरा खानु राम्रो हुन्छ । अण्डाको भित्रि भाग खानाले शरीरमा भिटामिन डीको पूर्ति राम्रोसित हुनसक्छ । कलेजो, रातो मासुमा पनि भिटामिन डी प्रशस्त पाइन्छ । अन्नहरूमा गहुँ, चना, मकै, जौ मा पनि भिटामिन ‘डी’ भरपूर मात्रामा पाइन्छ ।
विशेषज्ञहरूका अनुसार भिटामिन डीको सेवनले स्वास्थ्यमा निकै सुधार हुने गर्छ । येसो बन्दैमा आवश्यकता भन्दा बढी मात्रमा दुवै पदार्थ खाए शरीरलाई असर गर्नेछ । (लेखकः खकुरेल स्वास्थ्यकर्मी हुन्)

x