फोकस नेपालद्वारा सिद्धलेकका ७१३ परिवारलाई खाद्यान्न सहयोग

Avatar photo
Dhadingpost
जेष्ठ २०, २०७७
This image has an empty alt attribute; its file name is siddalek1.jpg

धादिङ जेष्ठ २० । धादिङ सिद्धलेक बुङ्चुङ्को एक रेष्टुरेन्टको हलमा सामाजिक दुरी कायम गरि राखिएको कुर्चीमा केहि मानिसहरु मुखमा मास्क, हातमा पन्जा लगाई बसी रहेका थिए ।

यसैबीच सिद्धलेक गाउँपालिका उप-प्रमुख कमला शर्माको ढोकाबाट भित्र प्रवेस हुन्छ । आयोजकको अनुरोध सँगै उप-प्रमुखले कुर्चिमा बसेका मानिसहरुलाई सम्बोधन गर्दै गाउँपालिका गरिव दिन दुखिहरुका लागि के गर्न सकिन्छ भन्नेमा चिन्तित रहेको बताईन् ।

गाउँपालिकाको आग्रहलाई स्वीकार गर्दै गाउँपालिका भित्र रहेका असाह्य, गरिव र मजदुरहरुलाई खाद्यान्न र स्वास्थ्य सामाग्री वितरण गरेकोमा फोकस नेपाललाई धन्यावाद दिएकी थिईन् ।

This image has an empty alt attribute; its file name is siddalek-2.jpg

उप-प्रमुखको भनाई सकिए सँगै हल भित्र कुर्चीमा रहेका सबै होटल परिसरमा निस्कन्छन्, हल भित्र कार्यक्रम हुँदै गर्दा फोकस नेपालका कर्मचारीहरुले उक्त परिसरमा चामलका बोरा सहितको खाद्यान्न सामाग्री र स्वास्थ्य सामाग्री लाइन बद्ध रुपमा राखि सकेका थिए ।

क्रिश्चियन एडको आर्थिक सहयोगमा फोकस नेपालले सिद्धलेकमा यस अघि ६४९ परिवारलाई खाद्यान्न सामाग्री र स्वास्थ्य सामाग्री वितरण गर्दा छुटेकाहरुलाई पुन राहात वितरणका कार्यक्रम थियो त्यो ।

फोकस नेपालका कार्यक्रम संयोजक जिवन सिलवालले गाउँपालिकाले छुट भएकाहरुको नामावली दिए सँगै तपाईहरुलाई राहात प्रदान गरेका छौं । गाउँमा अन्य अरुलाई पनि खाद्यान्न संकट भयो भने बाँडेर खान आग्रह गर्दै लाईनमा राखिएको खाद्यान्न र स्वास्थ्य सामाग्री लैजान अनुरोध गरेका थिए ।

कार्यक्रम संयोजक सिलवालका अनुसार फोकस नेपालले मंगलबार यस अघिको राहात वितरणमा छुटेका ६४ जनालाई खाद्यान्न र स्वास्थ्य सामाग्री वितरण गरिएको हो ।

वडा नम्बर १ का ११ जना, २ का २३ जना, ३ का १६ जना र ४ का १४ जना राहात वितरणमा छुटेको पाईएकोल उनीहरुलाई राहात प्रदान गरिएको उनले धादिङपोष्टलाई बताए ।

संयोजक सिलवालका अनुसार यस अघि वडा कार्यालयबाट आएको सिफारिसका आधारमा नम्बर १ मा १०९, २ मा १४२, ३ मा ७३, ४ मा ७८, ५ मा ७४ , ६ मा ६४ र ७ मा १०९ समेत गरि कुल ६४९ परिवारलाई प्रति घर ३० केजी चामल,२ केजी नुन,३ केजी दाल, २ लिटर तेल, ५ वटा साबुन र पन्जा वितरण गरिएको थियो ।

यस अघि फोकस नेपालले सिद्धलेक गाउँपालिकालाई N95 मास्क ६५ थान, PPE ३० थान, थर्मलगन १३ थान, पन्जा १०० सेट प्रदान गरेको थियो ।

सिद्धलेक गाउँपालिका भित्रका खवर पढ्न यहाँ क्लिक गरौं

x