गजुरी दरिङ्गाल खोलाबाट चरेस सहित दुईजना पक्राउ

Avatar photo
Dhadingpost
जेष्ठ १, २०७७

धादिङ, जेठ १ । धादिङको गजुरी गाउँपालिका वडा नम्बर ५ र ६ को सिमानामा पर्ने दरिङ्गाल खोलाबाट प्रहरीले २ जनालाई पक्राउ गर्दै उनीहरुको साथबाट चरेस बरामद गरेको छ ।

प्रहरीले सय केजी चरेश सहित गजुरी गाउँपालिका वडा नम्बर २ बस्ने ३७ बर्षिय टेक बहादुर तामाङ र सोहि स्थानमा बस्ने २६ बर्षिय विशाल तामाङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका डिएसपी रुपक खड्काले बताए ।

प्रहरीले ग्राहक बनेर अडर गरे अनुसार बैशाख ३१ गते राती एघार बजे २ वटा मोटरसाईकलमा चरेश विक्रि गर्न आदमघाट तर्फ आउदै उनीहरु दरिङ्गालखोलामा पक्राउ परेका थिए।

चरेस सँगै उनीहरुले प्रयोग गरेका बा ९७ प ४९९९ र प्रदेश नम्बर ३-०२-०११ प ७४५८ नम्बरको मोटरसाईकल समेत नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

लागू औषध प्रयोगमा कमी ल्याउन प्रहरीले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएपनि धादिङको दक्षिण क्षेत्रको माथिल्लो भाग र मकवानपुर जिल्लामा अहिले पनि लागू औषध कारोवारी भैरहेको छ ।

लागू औषध रुपमा लिईने गाँजा र चरेश बन्द गर्न प्रहरीले गाँजा फडानी समेत गर्दै आएको छ । लागू औषधको कारोवाररीह्र भने अझैं कमी आउन नसकेको सरोकारवालाहरु बताउँ छन् ।

x