समाचार प्रभावः ढोलामा रहेको भुकम्प विस्थापितहरुको नमुना बस्तीमा सांसद जगत सिंखडा र आखे मामको सहयोग

Avatar photo
Dhadingpost
बैशाख १४, २०७७

धादिङ बैशाख १४ । धादिङको लापाबाट भुकम्प कारण विस्थापित भाई ज्वालामुखि गाउँपालिकाको ढोलामा बस्दै आएका नमुना वस्तीमा खाद्यान्न संकट भएको समाचार प्रकाशित भए सँगै प्रदेश सांसद जगत सिंखडा र आशिष योञ्जनको पहलमा आखे माम परिवारले खाद्यान्न सहयोग गरेका छन् ।

ढोलामा बनाईएको उक्त नमुना बस्तीमा २५ घर परिवारका करिव ७७ जना बसोबास गर्ने, सबै सरिवार मजदुरी गर्दै जीवनयापन गर्दै आएका थिए ।

भुकम्पपछि विदेशी सहयोगमा एकै मोडलका ५५ घर बने त्यहि घरहरुमा उनीहरु बस्दै आए तर खेती गर्ने जग्गा जमिन नहुँदा उनीहरुको जीवन निर्वाहको मुख्य स्रोत ज्याला मजदुरी बन्दै आएको थियो ।

ढोलाको भुकम्प विस्थापित वस्तीमा खाद्यान्न संकट, ज्वालामुखिमा खाद्यान्न वितरण गर्ने निर्णय भएको छैन- वडा अध्यक्ष भन्ने शिर्षकमा समाचार धादिङपोष्टले र रेडियो बिहानीले ज्वालामूखी–४, धादिङमा रहेको भूकम्प विस्थापिहरुको नमूना बस्तीमा खाद्यान्न अभाव,गाउँपालिका भन्छ, आवश्यक छैन भन्ने शिर्षकमा प्रकाशन तथा प्रशारण गरेपछि प्रदेश सांसद जगत सिंखडा र अमेरिकामा बस्दै आएका आखे माम परिवारले खाद्यान्न सहयोग गरेका हुन् ।

उक्त नमुना बस्तीमा शनिबार २५ घरपरिवारलाई १-१ बोरा चामल, २-२ किलो दाल, १-१ किलो नुन, २-२ लिटर तेल समेत वितरण गरिएको थियो ।

यस अघि प्रकाशित समाचार पनि पढौं

ढोलाको भुकम्प विस्तापित वस्तीमा खाद्यान्न संकट
ज्वालामुखिमा खाद्यान्न वितरण गर्ने निर्णय भएको छैन-वडा अध्यक्ष

x