
धादिङ बैशाख १३ । धादिङको ज्वालामुखि गाउँपालिकाले लकडाउनका कारण काठमाडौमा रोकिएका ४०० जना भन्दा बढी मानिसहरुलाई गाउँ ल्याएको छ ।
धादिङका अधिकाँश गाउँपालिकाले काठमाडौबाट आफुनो गाउँपालिकामा नारिकहरुलाई उद्धार गर्न थालेपछि नेपाली कंग्रेस ज्वालामुखी काठमाडौँ सम्पर्क समितिको समन्वयमा ज्वालामुखी गाउँपालिकाले उनीहरुलाई ४०० भन्दा बढी मानिसहरुलाई गाउँ ल्याएको हो ।
काठमाडौमा रोकिएका ज्वालामुखिका स्थानीयहरुलाई शुक्रबार राती ७ वटा बस ज्वालामुखि ल्याईएको हो । स्थानीयलाई लिन ज्वालामुखी गाउँपालिका वडा नं ४ र ६ का वडाध्यक्ष समेत काठमाडौँ आईपुगेका थिए ।
यस्तै ज्वालामुखी गाउँपालिकामा पोखरामा रोकिएका मानिसहरु पनि आउने भएका छन् । धादिङ पोखरा सम्पर्क समाजका अध्यक्ष कृष्ण लम्सालले पोखराबाट धादिङ जानेहरुले तत्काल ९८५६०३५५६७ र ९८५६०३५३१३ र ९८४६०२२६६१ मा सम्पर्क आग्रह गरेका छन् ।
त्यसैगरि पोखराबाट गल्छी गाउँपालिका आउन चाहानेहरुले बैशाख १४ गते बिहान ८ बजे आउन पाउने भएको छन् । गल्छी आउन चाहनेहरुले गल्छी गाउँपालिका अध्यक्ष कृष्णहरी श्रेष्ठ ९८५१०८७२५१, उपाध्यक्ष राधा तिमल्सिना ९८४१६८६४८८, बस चालक ९८०८७९६३३५ लाई सम्पर्क गर्न भनिएको छ ।

