धादिङको अमराईमा आवत जावतमा रोक

Avatar photo
Dhadingpost
बैशाख ३, २०७७

धादिङ बैशाख ३ । जिल्ला प्रशासन कार्यालय धादिङले ज्वालामुखि गाउँपालिकाको अमराईमा आवत जावत गर्न रोक लगाएको छ ।

आरडीटी टेष्ट गर्दा ज्वालामुखी ३ मैदी अमराईका २७ वर्षिय एक युवामा पोजेटिभ आए सँगै जिल्ला प्रशासनले बुधबार मध्यराती देखि लागुहुने गरि अमराईमा आवत जावत गर्न रोक लगाएको हो ।

आरडीटी टेस्टमा पोजेटिभ देखिएका ति युवा जिल्ला अस्पतालमा छन् । धादिङपोष्ट सँग कुरा गर्दै भने आज स्वाब परिक्षणको लागि हेटौडा पठाईएको छ ।

केहि ठुला मिडियामका पत्रकारहरुले आफ्नो चरित्र हत्या हुनेगरि मिडिया मार्फत अफवाह फैलाउने काम गरि रहेका छन् । उनीहरु विरुद्ध कानुनी कार्वाहीका लागि कसरी जाने सल्लाह गर्दै गरेको समेत बताए ।

उनी भन्दछन्, मलाई आरडीटी रिपोर्टमा पोजेटिभ देखिएको हो र पीसीआर परिक्षणको नतिजा आउनै छ, यस्तो बेला उ फलानो संस्थामा काम गथ्र्यो, टाँसिएर मात्र कुरा गथ्र्यो आदि इत्यादी व्यक्तिगत लन्छना लगाउने काममा केहि पत्रकार लागेकोमा दु:ख लागेको समेत बताए ।