
मलेसिया बैशाख १ । मलेसियामा कार्यरत नुवाकोट निवासी सुजन रानाको मृत्यु भएको छ ।
आजै विहान उठेर डिउटी जाने समयमा अचानक मुटुमा समस्या देखा परेर लडेका सुजनको साथिहरुले उठाउन खोज्दा खोज्दै मृत्यु भएको प्रत्यक्ष दर्शिले बताए ।
३३ बर्ष उमेरका सुजन मलेसियाको काजाङ स्थित राम सेक्युरिटी सर्भिस नामक सेक्युरिटी गार्ड कम्पनिमा सुरक्षागार्डमा कार्यरत रहेका थिए ।
हृदयघात ( heart attack ) को कारण मृत्यु भएको संका गरिएको उनको मृत शरिर पोस्टमार्टमको लागि स्थानिय अस्पतालमा लगिएको जनाइएको छ।
