
चाइना बाट महामारिको रुपमा सुरु भएको कोरोना भाइरस अहिले बिश्व भरी फैलिएको छ । यसले बिश्वका अति बिकसित भनिने आर्थिक उदयमान देशहरु चिन तथा अमेरिका अत्यन्त मानविय संकट मा छन् । नत यो भाइरसले युरोपेली मुलुकहरू इटलि,स्पेन,फ्रान्स,जर्मनी आदिलाइ छोडेको छ नत बेलायतलाइ । यी देशहरुमा हामी सहजै अनुमान गर्न सक्छौं कि यिनिहरुमा बैज्ञानिक उत्पादन ,बिबिध उपकरण ,बिकसित पद्धति,प्रबिधी तथा आर्थिक उन्नतीका क्षेत्रमा बिश्वमा नै अगाडि छन ।
यद्यपी यो भाइरस को बिश्व महामारी रोकथाम गर्न हम्मेहम्मे परेको छ । आजको डाटालाइ हेर्ने हो भने बिश्वमा ४२ हजार भन्दा बढीको ज्यान गएको छ भने साढे आठ लाख भन्दा बढि सन्क्रमित छन । यो बढ्ने क्रममा छ ।अहिले सम्म कुनै औसधि बन्न सकेको छैन ।
न, अमेरिका, फ्रान्स, जर्मनी तथा जापान जस्ता देशका बैज्ञानिकहरु औषधि र भ्याक्सिन निर्माण मा जुटिरहेका छन । अमेरिकी,इजरायली,जपानी तथा इन्डियन बैज्ञानिकहरुले छिटै नै यसको भ्याक्सिन बन्ने कुरा बिश्व सामु ल्याइ सकेका छन् ।
बिश्व अहिले लकडाउन मा छ । स्पेन, इटाली र जर्मनी जस्ता देशहरुमा कर्फ्यु तथा संकटकाल घोषणा भएको छ । नेपालले पनि यो सङ्क्रमण रोकथाम गर्न लकडाउन गरेको छ । पहिलो सात दिनको लकडाउन सकि पुनः दोश्रो चरणमा सात दिन लकडाउन थपेको छ जुन देशको आत्म रक्षाको लागि अतिनै राम्रो कदम हो । यो अझै थप्नु पर्ने आम नेपाली र सरकारको बुझाइ छ ।
अहिले सम्म भगबान पशुपती नाथले हामी सबै नेपालि को रक्षा गर्नुभएको छ भन्नू पर्छ कि कुनै मानबिय क्षति अहिलेसम्म छैन । यत्रो महामारिमा नि जम्मा ५ जना सङ्क्रमित मध्ये १ जना निको भैसकेको छ भने बाकी ४ जना निको हुने क्रममा छन।यो हामी नेपालिको सौभाग्य भन्नू पर्छ किनकी बिकसित देशहरू नै लाखौ भन्दा बढीको सङ्क्रमण जोखिममा छन् ।
यो मानबिय सङ्कटमा सकेसम्म जे जे सकिन्छ एक आर्कालाइ सहयोग गर्ने, घर बाहिर ननिस्कने, लकडाउनलाई सफल पार्ने, जरो खोकी लाग्ने बित्तिकै हस्पिटल जाने, शंकास्पद ब्यक्तिलाइ क्वारेन्टाइनमा राख्ने, कम्तिमा पनि १४ दिन स्वास्थ्यकर्मी को निगरानिमा क्वारेन्टाइनमा बस्ने आदि जस्ता मानबिय व्यवहार गरेमा हामी नेपाली यो महामारिबाट सहजै बच्न सकिन्छ ।
अर्कोतिर बित्तिय क्षेत्र तथा अर्थतन्त्र को पक्ष हेर्ने हो भनेे यसले विश्व अर्थतन्त्रको आकार नै ३ देखि ३.५ प्रतिशतसम्मले घट्ने देखिन्छ । विश्वका ठूला र धेरै उद्योग कलकारखानाहरु बन्द भएका छन् ।नेपालमा पनि कोभिड १९ (कोरोना भाइरस) को असर जनस्वास्थ्यमा भन्दा पहिला नै अर्थतन्त्रमा परिसकेको देखिन्छ । सम्भाव्य महामारीलाई रोक्न लिइएको रोकथामका उपायहरूले गर्दा आगामी दिनमा अर्थतन्त्रमा पर्ने दबाब अझ बढेर जाने निश्चित छ ।
अन्तर्राष्ट्रिय मुद्रा कोषले पनि विश्वव्यापी आर्थिक बृद्धि यो वर्ष नकारात्मक हुने अनुमान गरेको छ । त्यसको असर रोजगारीको वा लगानीको कमीको रूपमा नेपालमा पर्नु स्वाभाविक हो । त्यसैले चालु वर्षको आर्थिक वृद्धि ४.५ – ५ प्रतिशतको हाराहारी रहेमा राम्रो नतिजा मान्नु पर्दछ ।
त्यसैले कोरोनाको वास्तविक असर बुझ्न अर्थतन्त्रका विभिन्न क्षेत्र, व्यापार-व्यवसाय तथा घर-परिवारको तहमा हुन सक्ने प्रभावको छुट्टाछुट्टै आँकलन गरी सोही अनुसारको नीतिगत व्यवस्था गर्न जरुरी हुन्छ ।
नेपाल विप्रेषणमा आधारित अर्थतन्त्र हो भन्न सकिन्छ किनकी बढ्दो आयतलाइ यहि रकमले नै धानेको छ। यसरी हुने आर्थिक झट्का लामो समयसम्म रह्यो भने हाम्रो जस्तो अर्थतन्त्रले धान्दैन । त्यसैले हाम्रो अर्थतन्त्रको आधारभूत संरचनामा परिवर्तन गर्नुपर्छ । अहिले मान्छेहरु घर घरमा सेल्फ क्वारेन्टाइनमा छन । आ-आफ्ना रोजिरोटिहरु गुमेका छन ।
हरेक उध्योग,कलकारखाना,ब्यबसाय,सरकारी कार्यलय तथा सेवाहरु,निजि फर्म तथा कार्यलयहरु, एनजिओ, आइएनजिओ सबै ठप्प छन । जसबाट राज्यको मुख्य श्रोत राजश्व सन्कलन बन्द छ ।राजस्व नै आम्दानिको मुख्य श्रोत भएकाले नेपाली अर्थतन्त्र निकै पछाडि धकलिएको छ । व्यापार ब्यबसाय बन्द रहेकाले उध्यमी ब्यबसायी ले बैंक को ब्याज किस्ता बुझाउन सक्ने स्थिती छैन ।
सबै क्षेत्रको नाफा घट्ने छ भने राजस्व असुली लक्ष भन्दा कम हुनेछ जस्को असर प्रत्यक्ष अर्थतन्त्रमा पर्दै छ । देशले चाहेर पनि पूर्वाधार बिकासमा लगानी बढाउन सक्ने छैन । अझ-झन प्रत्यक्षप्रभावित मजदुरहरुलाई प्यकेजमा राहत घोषणाले त्यतातिर केही हिस्सा वितरण हुनेछ । यी समग्र कारणले गर्दा विश्व नै अर्थतन्त्रमा निकै पछाडि पर्ने देखिन्छ ।
अहिले बैंकहरुले बल्ल सेवा दिन थालेका छन्, नत्र भने मान्छेले आफ्नो पैसा नि झिक्न नपाउने, भुक्तानी दिन नपाउने स्थिती बन्यो । कारण हामी डिजिटल बैन्किङ्ममा जान सकेनौं । भुक्तानीको माध्यम मात्र डिजिटल या अनलाईन केन्द्रित कोरोवार गर्ने अभ्यास गरेको भए सायदै दैनिक खर्चपर्छलाई समस्या पर्ने थिएन ।
अभ्यास के रह्यो भने, बैंक को टेलरबाट पैसा नझिकी वा हातमा पैसा नखेलाए सम्म हामिलाई पैसाको प्रयोग भयो कि भएन भन्ने दोधार पर्यो । विश्वका विकसित मुलुकमा हेर्ने हो भने, त्यहाँ सबै भुक्तानीहरु अनलाईन या क्रेडिट कार्डबाट हुन्छ । पैसाको कामै आउदैन खासै ।
नेपालमा त्यस्तोविधि डिजिटल बैङ्किङ को पुर्ण अभ्यास नभैसकेको भएपनि हामीले पनि ए टि एम, कनेक्ट आइपिएस, इ बैङ्किङ्ग, मोबाईल बैङ्किङ जस्ता सर्भिस डेलिभरी च्यानलको प्रयोग गरिसकेका छौं । यी च्यानलबाट फन्ड ट्रान्स्फर, नगद withdrawl तथा utility भुक्तानी सजिलै गर्न सकिन्छ । आजको जस्तो लकडाउनको यो स्थितिमा यी औजारहरुको प्रयोगले हाम्रो दैनिकी सहज तथा कोरोना नियन्त्रण मा अनुशासित लकडाउनको पालना अव्यक्त रुपमा कोशेढुङा सावित छ । (लेखक सिंखडा प्रभु बैंक लि. बट्टार शाखा नुवाकोटका प्रवन्धक हुन् ।)
प्रकाशित मितिः ०७६ चैत्र १९
