
धादिङ चैत्र १० । प्रेस युनियन धादिङले जिल्लाका ३० जना पत्रकारलाई स्वास्थ्य सामाग्री प्रदान गरेको छ ।
प्रेस युनियनले समाचार संकलनमा रहँदा प्रयोग गर्ने गरि पत्रकारको सुरक्षाका लागि कपडा (एप्रोन), टोपी, पन्जा, माक्स, चस्मा र सेन्टीलाईजर जिल्लाका ३० जना पत्रकारहरुलाई प्रदान गरेको हो ।
पत्रकारलाई कोरोना भाईरसको जोखिम न्यूनिकरणको लागि स्वास्थ्य सामाग्री प्रदान गरिएको प्रेस युनियन धादिङका अध्यक्ष पोषनाथ अधिकारीले बताए ।
अध्यक्ष अधिकारीले यो प्रयाप्त छैन समाचार संकलनमा रहने पत्रकारले पहिला आफ्नो स्वास्थ्य ख्याल गर्दै समाचार संकलन गर्नु पर्ने बताएका थिए ।

