दुर्घटनामा परेका वडाध्यक्षलाई हेलिकप्टरबाट काठमाडौं लगियो

Avatar photo
Dhadingpost
चैत्र ९, २०७६

धादिङ चैत्र ९ । मोटरसाईकल दुर्घटनामा परि घाईते भएका गल्छी गाउँपालिका १ का वडा अध्यक्ष पुर्ण प्रसाद खतिवडालाई उपचारका लागि हेलिकप्टरबाट काठमाडौ लगिएको छ ।

गल्छि गाउँपालिकाबाट सुनौलाबजार हुदैँ धादिङबेसी आउदै गरेका वडा अध्यक्ष खतिवडाको मोटर साईकल दुर्घटना हुँदा साथमा आएका रामहरी खतिवडा समेत घाईते भएका थिए ।

उनीहरु चढेको प्रदेश ०३–००२००१ ब ०४२२ नम्बरको सरकारी मोटरसाईकल नीलकण्ठ नगरपालिका वडा नंं ६ स्थित गौँडेखोलामा अनियन्त्रित भई सडकबाट अन्दाजी ५० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

घाईतेहरुको जिल्ला प्रहरी कार्यालय धादिङबाट खटिएको प्रहरी टोली, धादिङ सोसियल भोलेन्टियर नेपाल,रेडक्रसकर्मी तथा संयुक्त एम्बुलेन्स चालक समाज नेपाल धादिङ, सुनौला बजार स्वास्थ्य चौकी, र स्थानिय युवाहरुले उद्धार गरेको थियो ।