
धादिङ चैत्र ७ । धादिङको सिद्धलेक गाउँपालिका नलाङ आपृछाप ऐसेलुगैरामा ३ जनाको रहस्यमय मृत्यु भएको छ ।
दुई दिनको अन्तरालमा रहस्यमय मृत्यु भएका तीनै जनाको सव पोष्टमार्टमको लागि धादिङबेसी जिल्ला अस्पतालको शव गृहमा राखिएको छ ।
बुधबार राती १२ बजेतिर ऐसेलुगैराका ७२ वर्षीय लालबहादुर नेपाली र उनकी भान्जी बुहारी नाता पर्ने ३५ वर्षीय सुन्तली नेपाली उनीहरुको आ–आफ्नै घरमा मृत अवस्थामा फेला परेका थिए भने शुक्रबार क्रबार बिहान सोही ठाउँकी ६३ वर्षीय यम कुमारी अर्याल पनि मृत भेटिएकी थिईन् ।
जिल्ला प्रहरी कार्यलय धादिङका सूचना अधिकारी खड्काका अनुसार उनीहरुको कुनै महामारीका कारण मृत्यु भएको हैन ।
बुधबार राती मृत्यु भएका २ जनाको घरेलु मदिराका कारण ज्यान गएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । दुवैजनाले एकै स्थानबाट लगिएको रक्सी सेवन गरेर सुतेकाले सोही रक्सीको कारण मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान रहेको छ ।
यस्तै यम कुमारी अर्याल लामो समय अघिदेखि दम र प्रेसरको बिरामी भएकाले नियमित औषधि खाइरहेको परिवारले जनाएको छ । पछिल्लो एक महिना औषधि खान छाडेकाले सोही कारण मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ । तस्वीरः मनिश दुवाडी

