न्यू किबोको आयोजना रक्तदान कार्यक्रम सम्पन्न

Avatar photo
Dhadingpost
फाल्गुन २७, २०७६

धादिङबेसी फागुन २७ । धादिङबेसी पुछारबजार स्थित न्यू किबो बोर्डिङले मिर्गौला दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

मंगलबार बिहान ८ बजे देखि ३ बजे सम्म रक्तदान जिवन दान हो, भन्ने नाराका साथ आयोजना गरिएको रक्तदान कार्यक्रममा ५१ जनाले रक्तदान गरे ।

विगत केहि वर्ष देखि मिर्गौला दिवसको अवसरमा रक्तदान गर्दै आएको न्यू किबो बोर्डिङले यस वर्ष गरेको कार्यक्रममा १८ जना महिला र ३३ जना पुरुष गरी ५१ जना रक्तदान गरेका थिए ।