
काठमाडौं फागुन २४ । विश्व स्वास्थ्य संगठनका प्रमुख टेद्रोस अधानोम घेब्रेसियसका अनुसार कोरोनाभाइरस अद्वितीय खालको रहेको तर सही तरिकाहरु अपनाएर यसलाई नियन्त्रण गर्न सकिने बताएका छन् ।
१. मास्क (Mask) को प्रयोग अनिवार्य छैन । यदि तपाईं कोरोना (Corona) संक्रमित हुनुहुन्छ भने या कोरोनाको बिरामीको उपचार गर्दै हुनुहुन्छ भने मात्र मास्क जरुरी छ ।
२. सबैभन्दा गर्नै पर्ने सावधानी भनेको, बारम्बार हातधुने : Alcohol based Sanitezer ले या साबुनपानी ले । बाहिरबाट आएपछि या केही चीज छोएपछि हात राम्ररी धुने । नधोएको हातले मुख, नाक र आँखा आसपास नछुने । किनकि हातमा लागेको भाइरस मुख, नाक र आँखा बाट शरीरमा प्रवेश गर्छ । अरूलाई भेट्दा हातनमिलाउने, टाढैबाट (एकमीटर दूरी राखेर) नमस्ते गर्ने बानी बसाल्ने । हातलाई धोइराख्ने र अनुहारमा हात नलाने गर्न सकियो भने कोरोनाबाट जोगिन्छ ।
३. तीन पत्रे (Three Layered) मेडिकल मास्क प्रयोग गर्दा धेरै सावधानी अपनाउनुस् । गलत प्रयोगले झन् उल्टै कोरोना सार्न सक्छ । यो मास्क लगाउनु अगाडि हात धुने, अनि दुइटा डोरीमा समातेर कानमा अड्काउने, अनि नाकको भागमा दुइटा औंलाले मास्कलाई च्यापेर अनुहारमा टपक्क टासिने गरी लगाउने । अनि नाकमा टपक्क बसिसकेपछि तल च्यापु सम्म छोप्ने गरी मास्कलाई तान्ने । यसरी नाक, मुख र च्यापु मज्जाले छोपियोस् र कतै तिर पनि साइडबाट हावा नछिरोस । अब सबैभन्दा ख्याल गर्नुपर्ने कुरा – यसरी मास्क लगाइसकेपछि हात लगाउदै नलगाउने मास्क मा, हामीले मास्क छोइराख्ने बानी हुन्छ मिलाउनलाई । त्यसो गर्नु बिल्कुल गलत हो । मास्कलाई छुदै नछुने नत्र मास्कमा लागेको भाइरसहरू हातमा सरीहाल्छ अनि कुनै अर्थ रहँदैन । यो मास्कले जम्मा ५-६ घण्टा मात्र काम गर्छ । लगाएको ६ घण्टा हुने बित्तिकै दुइटा हातले कानमा अड्काएको डोरी हरु समाएर निकाल्ने अनि बिचको भागमा नछोइकन ढक्कन भएको फोहरमलाई (Closed Dustbin) मा राख्ने अनि हात धोइहाल्ने । दिनभर एउटै मास्क लगाउने या त्यही मास्क अर्को दिन पनि लगाउने गर्नु मुर्खता हो । त्यसले उल्टै मास्कमा लागेको भाइरस हाम्रो मुख नाक बाट भित्र छिराउन मद्दत गर्छ ।
४. कोरोना भाइरस सर्ने भनेको : संक्रमितको खकार, सिँगान आदिको सम्पर्कबाट हो । बिरामीले हाच्छ्युँ गर्दा निस्केको सिँगानमा भाइरस हुन्छ, उसले हातले नाक छोप्यो भने त्यो सिँगान उसको हातमा आउँछ अनि उसको हातले जाहाँ-जाहाँ छुन्छ त्यहाँ-त्यहाँ भाइरस पनि पुग्छ । त्यसैले हात मिलाउन हुँदैन । उसले समाएको सामानहरू जस्तै: ढोकाको चुक्कल, मोबाइल, आदिमा पनि हातबाट भाइरस सर्छ । यस्ता चिजहरुमा टासिएर यो भाइरस १०-१२ घण्टा सम्म नि बाँच्न सक्छ । त्यसैले हामीले बारम्बार हात धुनु पर्छ । यी चीजहरू समाउँदा हाम्रो हातमा आएका भाइरसलाई हामीले हात नधोई मुख तिर लगेउभने सिधै मुख, नाक, आँखाबाट हामीमा छिर्छ ।
५. हाच्छ्युँ गर्दा या खोक्दा, हत्केलाले हैन, हातको कुहिनोले नाक छोप्नुपर्छ । यसो गर्दा भाइरस हत्केलामा बस्न पाउँदैन अनि हत्केला हुँदै अनुहार तिर पस्न पाउँदैन ।
६. भाइरस शरीरमा छिरेको २ देखि १० दिन सम्म लाग्न सक्छ यसले आक्रमण सुरु गर्न । त्यसपछि मात्र लक्षण देखिन थाल्छ – फुको खोकी लाग्ने, ज्वरो आउने, सास फेर्न गाह्रो हुने । यी बाहेक, कुनै बिरामीमा रुघा, झाडापखाला, वाकवाकी, कमजोरी हरु नि देखा पर्छ । यो भाइरसले विषेशगरी फोक्सो र स्वास नलीमा आक्रमण गर्ने हुँदा सास फेर्न निकै गाह्रो बनाउँछ अनि खोकी पनि लाग्छ । शरीरको कीटाणु सँग कोरोना भाइरस लड्दा शरीरले थाम्न नसकेर ज्वरो आउछ । यी तीनवटा लक्षण एकैपटक देखिनु भनेको कोरोनाको संक्रमण हुनु हो । तुरुन्तै यस्तो भएपछि हस्पिटल जाने ।
७. बलियो Immunuty भएकाहरुलाई यो भाइरस लाग्यो भने पनि शरीरकै किटाणुले मार्न सक्छन् । जम्मा ३% संक्रमित को मात्र जटिल अवस्था र मृत्यु भएको छ। ६० वर्षमाथिका बुढापाका, १० वर्षमुनिका बालबालिका, BP, Sugar जस्तो रोगका बिरामी हरुलाई मात्र यसले बढी असर पूराउँछ, युवाहरुलाई त्यस्तो जोखिम छैन । लाग्यो भने पनि निको हुन्छ । आधा भन्दा बढी संक्रमितहरु निको भएका छन् । लाग्दैमा आतिनु पर्दैन । ख्याल गरेर निको पार्न सकिन्छ । लाग्दैमा मारीहाल्ने त्यस्तो खतरनाक भाइरस होइन यो ।
८. सामाजिक सञ्जालमा धेरै हावा समाचार आएका हुन्छन्, ती सब बाट टाढा रहने । कुकुर बिरालो हरुको संगतले कोरोना सर्दैन । चिसो या गर्मीले कोरोना मार्न सकिँदैन । हाम्रो शरीरको तापक्रम ३७° C हुन्छ, गर्मीले मार्ने भए शरीरमै मर्थ्यो । त्यसैले यो गलत समाचार हो ।
सतर्क रहौं । हात धुने, भेट्दा हात नमिलाउने, हात अनुहारतिर नलाने, मास्क अनिवार्य छैन, लागाउनै पर्ने भए सतर्कता अपनाएर लाउने, अनि यो समाचार अरु सँग पनि पुराउने, WHO को भन्दा अरु समाचारको विश्वास नगर्ने । यसो गर्दा हामी सुरक्षित हुन सक्छौं । आफू पनि बचौं र अरुलाई पनि बचाऔं ।

