
धादिङ फागुन ९ । धादिङको गजुरी गाउँपालिका स्थित गजुरी बजारमा रहेको देविदत्त गण गजुरीले मैत्रिपूर्ण भलिबल प्रतियोगिता सम्पन्न गरेको छ ।
महाशिवरात्री तथा सेना दिवसको अवसरमा देविदत्त गण गजुरीले जिल्लामा रहेका राष्ट्रसेवक कर्मचारी र जिल्ला खेलकुद विकास समितिले नेतृत्व गरेको जिल्लावासीहरु बीच शुक्रबार मैत्रिपुर्ण भलिबल प्रतियोगिता सम्पन्न गरेको हो ।
देविदत्त गण गजुरीको खेल मैदानमा भएको उक्त प्रतियोगितामा राष्ट्रसेवक कर्मचारीहरुको टिमले तिन सेट खेल जित्दै प्रतियोगिता जितेको थियो भने जिल्लाबासीको तर्फबाट सहभागि जिल्ला खेलकुद विकास समितिको टिमले १ सेट मात्र जित्न सफल भएको थियो ।


विजेता राष्ट्रसेवक कर्मचारीहरुको टिमलाई गजुरी गाउँपालिकाका प्रमुख राजेन्द्रविक्रम बस्नेत र जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष प्रताप तामाङले ट्रफि सहित प्रमाण पत्र र उपविजेता जिल्ला बासीका तर्फबाट खेलेका खेलकुद विकास समिति धादिङका खेलाडीहरुलाई प्रमाण पत्र वितरण गरेका थिए ।

जिल्लाबासीका तर्फबाट खेलेका खेलकुद विकास समिति धादिङका खेलाडीहरु
१. राजेश वाईवा
२. मनोज श्रेष्ठ
३. कृष्ण गुरुङ
४. शान्तबहादुर तामाङ
५. सम्राट श्रेष्ठ
६. सुजन गुरुङ
७. साजन तामाङ
८. लक्ष्मणमल्ल ठकुरी
राष्ट्रसेवक कर्मचारीहरुको खेलाडीहरु
१. हु थम बहादुर थापा
२.सिपाही केशव चन्द
३. सिपाही सागर माल
४. प्रहरी जवान राजेन्द्र घले
५. प्रहरी जवान नकुल परियार
६. सिपाही जोन घिमिरे
७. प्रहरी जवान विनोद कुमार सुनार
८. प्रहरी जवान विनोद राना

