
धादिङ फागुन ८ । धादिङबेसीमा रहेको स्वर्णिम धादिङ बहुउद्देश्यीय सहकारी ले आयोजना गरेको वृहत खुल्ला रक्तदान कार्यक्रममा ८६ जनाले रक्तदान गरेका छन्् ।
स्वर्णिम धादिङ बहुउद्देश्यीय सहकारीको स्थापना दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा ३१ जना महिला र ५५ जना पुरुष गरी ८६ जना स्वयमसेवी रक्तदाताले रक्तदान गरेका हुन् ।
सोसियल भोलिन्टिएर नेपालको सह–आयोजनामा बुधबार भएको उक्त रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार सेवा केन्द्र धादिङको प्राविधिक सहयोग रहेको थियो ।

