चन्द्रोदयमा आँखा परिक्षण शिविर सम्पन्न

Avatar photo
Dhadingpost
फाल्गुन ७, २०७६

धादिङ फागुन ७ । धादिङको बेनिघाट रोराङ गाउँपालिका स्थित चन्द्रोदय क्याम्पसमा एक दिने नि:शुल्क आँखा परिक्षण शिविर सम्पन्न भएको छ ।

७० औं प्रजातन्त्र दिवसको अवसरमा नेपाल विद्यार्थी संघ चन्द्रोदय क्याम्पस इकाईले बुधबार आयोजना गरेको नि:शुल्क आँखा शिविरमा १ सय ८७ जनाले आँखा परिक्षण गराएका थिए ।

सामुदायिक आँखा केन्द्र, धादिङको प्राबिधिक सहयोगमा भएको उक्त शिविरमा चन्द्रोदयका २० जना शिक्षक र १ सय ६७ जना विद्यार्थी गरि १८७ जनाले नि:शुल्क आँखा परिक्षण गराएका थिए ।

बेनिघाट रोराङका अन्य विद्यालयमा पनि नि:शुल्क आँखा शिविरको आयोजना गर्ने नेवि संघ जिल्ला नेता सुवास विसुरालले बताए ।