
धादिङ फागुन ७ । धादिङको बेनिघाट रोराङ गाउँपालिका ६ स्थित नौलथर क्षेत्रमा एक घर, एक धारा सहित खानेपानी उद्घाटन गरिएको छ ।
(स्यादुल) सिस्नेरीबाट ८ किलोमिटरको दुरी पार गर्दै नौलथर क्षेत्रमा ल्याईएको खानेपानी गाउँपालिका प्रमुख पित्तबहादुर डल्लाकोटी (हरि) ले बुधबार एक कार्यक्रमका बीच उद्घाटन गरेका थिए ।
गाउँपालिकाले विनियोजन गरेको करिव ३० लाख लागतमा (स्यादुल) सिस्नेरी नौलथर खानेपानी आयोजना सम्पन्न भए सँगै नौलथर, कास्टार, रैवाङ, रोटेपिङ टोलका ५० भन्दा बढी घर धुरी लावान्भित भएका छन् ।
३० हजार लिटरको ट्याङ्कीमा पानी संकलन गरि दिनमा तीन समय खानेपानी वितरण हुने हुने गरि मिलाईएको गाउँपालिकाका सल्लाहकार मणिराज गुरुङले धादिङपोष्टलाई बताए ।
उपभोक्ता समितिका अध्यक्ष लिला नारायण श्रेष्ठको सभापतित्वमा भएको उक्त कार्यक्रममा गाउँपालिकाका प्रमुख पित्तबहादुर डल्लाकोटी (हरि) को प्रमुख आतिथ्यता, उप प्रमुख देविप्रसाद सिलवालको विशेष आतिथ्यता, वडा अध्यक्षहरु भुवन त्रिपाठी, देवकृष्ण आले, विभिन्न राजनीतिक दल र संघ संस्थाका प्रमुख प्रतिनीधिहरुको आतिथ्यता रहेको थियो ।

