दुबै मृगौला फेल तारा थापा तामाङलाई आर्थिक सहयोग

Avatar photo
Dhadingpost
फाल्गुन ६, २०७६

धादिङ फागुन ६ । विगतमा आसामाया तामाङ, राम्रीमाया श्रेष्ठ र सन्जिव तामाङ बचाउ अभियान संचालन गरि आर्थिक सहयोग गरेको म्हेन्दोमाया कलाकार संघ धादिङले यो पटक तारा थापा तामाङलाई आर्थिक सहयोग गरेको छ ।

दुबै मृगौला फेल भएर सहिद मेमोरियल हस्पिटलमा उपचारत उत्तरी धादिङको खनियाबास १ निबासी तारा थापा तामाङलाई म्हेन्दोमाया कलाकार संघ धादिङले २७ हजार १३५ रुपैयाँ सहयोग गरेको हो ।

म्हेन्दोमाया कलाकार संघ धादिङका अध्यक्ष सन्दिप स्याम्चेन तामाङको नेतृत्वमा भएको तारा थापा तामाङ बचाउ अभियान अन्तरगगत संकलित उक्त रकम बिरामी तारालाई हस्तान्तरण गरिएको छ ।

आर्थिक अवास्था कमजोर ताराले नयाँ जिवन जिउने आशा राख्दै सहयोगको लागि अपिल गरेका छन् ।