
धादिङबेसी फागुन १ । नेपालको इतिहासमा दर्ज भएको ०५२ साल फागुन १ गते देखि सुरुभएको दश वर्षे जनयुद्धको २५ औं वार्षिकी आज मनाईदै छ ।
हजारौ सहिद र वेपत्ता र त्यति नै मात्रामा घाइते अपाङ्गता बनाएको दश दशवर्षे जनयुद्धको संस्मरण गर्दै गर्दा धादिङ जिल्लामा कसरी सुरु भयाे जनयुद्ध ? हामीले केही तत्थ्यहरु खाेज्ने प्रयत्न गरेका छाै ।
धादिङको जनयुद्धकाे उद्घाेषकाे संयाेजन माेहन कार्कीले गरे ।
उनकै नेतृत्वमा ०५२ साल फागुन १ गते जनयुद्धको घोषणा गर्ने कार्यक्रम थियो, पुष्पविक्रम मल्ल (सिंह) र विष्णुपुकार श्रेष्ठले धादिङबेसीमा, मोहन कार्की (जिवन्त) ले दक्षिणि क्षेत्रमा र रामबहादुर भण्डारीले उत्तरी क्षेत्रमा प्रचारात्मक गतिविधि भएकाे थियाे ।
गर्ने सिलसिलामा धादिङपोष्टले जनयुद्धमा कहाँ के भए मिति सहित प्रकाशित गरि सकेको छ ।
सदरमुकाममा जनयुद्धको प्रचार गर्न सहज थिएन तर पनि प्रचा फाल्न पुष्पविक्रम मल्लको साथमा नानीराम थापा र अमृत अधिकारी र एक जना हाल वहालवाल निजामती कर्मचारीले साथ दिए ।
उक्त साँझ प्रचार प्रसार सकेर पुष्पविक्रम मल्ल नीलकण्ठ बसाह टीकाबहादुर भण्डारीको घरमा बास बसे भने अन्य प्रचारकर्ता आआफ्नै घरमा रहे पुष्पविक्रम मल्ल अहिले माओवादी केन्द्र र एमाले मिलेर बनेको नेकपाको केन्द्रिय सदस्य रहेका छन् । नानीराम थापा अहिले धादिङबेसीमै कपडा पसल व्यवसाय गर्दै आई रहेका छन् ।
यस्तै दक्षिणि धादिङ (राजमार्ग क्षेत्र) मा मोहन कार्कीलाई ढुण्डबहादुर सिलवाल, नेत्र सिलवाल, इन्द्र थपलिया साथमा दिए । कार्कीकाे नेतृत्वमा राजमार्ग क्षेत्रमा राँके जुलुस भित्ते लेखन र प्रचा पम्पप्लेट छर्ने काम भएकाे थियाे ।
यस्तै उत्तरी धादिङको सल्यानटार, बसेरी, बुढाथुम, फुलखर्क, खहरे, मार्पाक, सेमजोङ, गुम्दी, ज्यामरुङ एकै साझ प्रचार प्रसार प्रचारको काम गरेका रामबहादुर भण्डारीलाई बसेरीमा होमनाथ न्यौपाने, फुलखर्कमा नवराज अधिकारी, मित्रलाल न्यौपाने, गुम्दीमा रामेश्वर सिंखडा र अन्यत्र केशरीप्रसाद पन्त, टपनारायण श्रेष्ठ, भुवन धरले, किशोर धरेल, गणेश थापाले साथ दिएका थिए । जनयुद्धमा जिल्ला जनसरकार प्रमुख समेत बनेका भण्डारी दुई छोरा जनयुद्धमा गुमाएका आफैमा घाइते नेता हुन् ।
अहिले के गर्दै छन् यी नेता ?
जनयुद्धको आवश्यकता र समर्थन गर्दै ०५३ सम्म आईपुग्दा धादिङ तीन नेताहरु (शेरबहादुर भण्डारी (ज्योति), यमबहादुर अधिकारी (प्रतिक्षा), बुद्धिलाल तामाङ) लोकप्रिय नेताहरुका रुपमा थपिए ।
यी तीन नेताहरु मध्ये जनयुद्धकाल भरी अत्यन्त फौजी र गैर फौजी योजनाकारका रुपमा धादिङमा स्थापित सँगै जिल्ला सेक्रेटरीको भुमिकामा रहेका शेरबहादुर भण्डारी (ज्योति) अहिले राजनिति भन्दा बाहिर छन् ।
जनयुद्धलाई नेताहरुले धोका दिएकोले राजनीतिमा बसिरहन आवश्यक नदेखेर बाहिरिएको बताउने ज्योती अहिले घरमा बसेर सामान्य जिविको पार्जनका लागि खेती किसान गर्ने गर्दछन् ।
अर्का नेता यमबहादुर अधिकारी जनमुक्ति सेनाले भाग लिएको धेरै जसो फौजी कार्वाही हरुको नेतृत्व कर्ता हुन् । उनकै नेतृत्वमा कृष्ण भिर आक्रमण भएको थियो उनी पार्टी कै निर्देशनमा सेना समायोजनमा गए हाल नेपाली सेनामा कार्यरत छन् ।
जनयुद्धको मध्यतिर लोकप्रिय सावित हुँदै गएका नेता बुद्धिलाल तामाङ सेनाको गिरफ्तारि सँगै आत्मसमपर्ण गरेको भन्दै पार्टीमा कार्वाही परे, त्यसपछि पार्टी सम्पर्कमा नगएका उनी माओवादी पिडितको बन्दै क्यानडा हानिए । अहिले क्यानडाको स्थायीवासी समेत हुन् ।
यस्तै धादिङका जनयुद्धको नेतृत्व माेहन कार्की माेहन वैद्यकाे पार्टी, विप्लव नेतृत्वको नेकपा हुँदै पुन केपी प्रचण्डकाे नेतृत्वमा रहेकाे सत्तासिन दल नेकपा मै फर्किएका छन् भने पार्टीले जिम्मेवारी दिई सकेकाे छैन ।

