धादिङको प्रसिद्ध धार्मिक स्थल मण्डली आपास मदिरा निशेध

Avatar photo
Dhadingpost
माघ १४, २०७६

धादिङ माघ १४ । धादिङको ज्वालामुखी गाउँपालिका ४ मा रहेको जिल्ला कै प्रसिद्ध धार्मिक स्थल ढोला मण्डली आसपासको क्षेत्रमा मदिरा निशेष गर्न नीलकण्ठ नगरपालिकाले सरोकारवाला निकायहरुलाई आग्रह गरेको छ ।

मण्डली दर्शन गरेर फर्कने क्रममा माघ ७ गते ७ जनाको ज्यान जाने गरि मुरलीभञ्ज्याङमा भएको सवारी दुर्घटनाको मुख्य कारण मदिरा सेवन भएको प्रत्यक्षदशीहरुले आवाज उठाए सँगै नीलकण्ठ नगरपालिकाको बैठकले सरोकारवाला निकायहरुलाई मण्डली आसपासको क्षेत्रमा मदिरा निशेध गर्न आग्रह गरेको हो ।

ढोला मण्डली क्षेत्रमा मदिरा लगाएत सामाजिक सद्भावमा खलल पु¥याउने कुनै पनि बस्तु प्रयोग तथा उपभोग गर्न नपाउने व्यवस्थाका लागि सरोकारवालाहरुलाई पत्राचार गरेको हो ।

मदिरा निशेषका लागि नीलकण्ठ नगरपालिकाले जिल्ला समन्वय समिति धादिङ,जिल्ला प्रशाशन कार्यालय धादिङ,जिल्ला प्रहरी कार्यालय धादिङ,ज्वालामुखी गाउँपालिका, सिद्धलेक गाउँपालिका तथा अन्य सरोकारवाला निकायसँग छलफल गरि उचित व्यवस्थापनको लागि पहल गर्ने निर्णय समेत गरेको छ ।

ढोला मण्डलीबारे धार्मिक मान्यता
धादिङ्गको उत्तरी पश्चिमी भेगमा पर्ने ढोला गाविसमा अवस्थित एक मन्दिरमा महिलाहरु प्रवेश गर्न पाउदैनन् तर बलि भने पाठीको मात्रै दिइन्छ । ढोला मण्डली थानको नामले प्रख्यात उक्त मन्दिरमा दलित समेत प्रवेश गर्न पाउदैनन् । हप्ताको एक दिन मंगलबार मात्र खुल्ने भएकाले मन्दिरमा दिन भरी नै पुजा पाठ गरिन्छ ।

ढोला मण्डली थानको आफ्नै किम्वदन्ती छ । २०४० साल ताका ढोला मंडली थानको वरीपरी रहेको जंगलमा रुख काट्न गएका एकजना सिकर्मीले रुख कट्न खोज्दा रुख काटिएन । जती प्रयास गर्दा पनि रुख काटिएन बरु बञ्चरो नै बाङ्गो भयो ।

रुख नकाटिए पछि हैरान भएर उनी घरतिर लागे । अर्को दिन बञ्चरो मर्मत गरेर पून रुख काट्न गएका उनले अचम्मको दृश्य देखे । उनले जुन रुख काट्ने भनेर बञ्चरो हिर्काएका थिए, त्यो रुखबाट रगत बग्न थाल्यो ।

रुखबाट रगत वगेको देखेर उनी डराउदै घर फर्किए । राती सपनामा कसैले उनलाई भन्यो, ‘म ढोला मण्डली माई हुँ, तिमीहरुले मेरो अपमान गरेका छौ, यदी मेरो सम्मान गर्ने हो भने हरेक मंगलबार पाठीको वली चढाउ’ । सपनाको कुराले ति सिकर्मीको होस हवासै उढ्यो ।

अर्को दिन उनी बिहानै मन्दिर भएको ठाउमा पुगे । त्यहाँ उनले मन्दिरको छेउमा रहेको पीपलको रुखमा बेरिएर रहेको अवस्थामा एउटा सर्प देखे । सर्प देखे पछि उनी झस्किए । त्यस पछि उनलाई सपनाको कुरा पुरै विस्वास भयो । त्यही सर्प नै देबी रहेछ ।

त्यो घटना पछि हरेक मंगलबार मंन्दिरमा पाठीको बली चढाइने गरेको त्यहाँ काटिएका पाठीको मासु महिलाले खानै नहुने र घरमा समेत लैजान नमिल्ने चलन छ ।