
एजेन्सी । संयुक्त राज्य अमेरिकाको तल्लो सदन हाउस अफ रेप्रेजेन्टेटिभ्सले राष्ट्रपति डोनल्ड ट्रम्प विरुद्धको महाभियोग सम्बन्धी आरोपपत्र माथिल्लो सदन सिनेटमा पठाउने भएको छ ।
यो सँगै राष्ट्रपति विरुद्ध महाभियोग सम्बन्धी अबको प्रक्रिया सिनेटले शुरू गर्नेछ।
राष्ट्रपति ट्रम्पविरुद्धको महाभियोग सम्बन्धी आरोपपत्रहरू सिनेटमा पठाउने प्रस्तावको पक्षमा २२८ मत खसेको थियो भने विपक्षमा १९३ मत खसेको थियो।
हाउस अफ रेप्रेजेन्टेटिभ्सकी सभामुख न्यान्सी पेलोसीले आरोपपत्रहरूमा हस्ताक्षर गरेकी थिइन् ।

