सेमजोङमा घर आगलागी ३ लाख नगद रकम जल्यो

Avatar photo
Dhadingpost
पुस ९, २०७६

धादिङ पुस ९ । धादिङको नेत्रावती गायँपालिका स्थित समेमजोङका लोप्साङ तामाङको घरमा आगलागी हुँदा ३ लाख नगद रुपैयाँ जलेर नस्ट भएको छ ।

मंगलबार राती २ बजे घरमा आगलागी हुँदा घर पुर्ण रुपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

घरमा रहेको महत्वपूर्ण कागजात लालपुर्जा लक्तकपडा, अन्नबालि सबै सामान जलेर नष्ट भएको सेमजोङ प्रहरी चौकीका हवल्दार रामकाजी पौडेल धादिङपोष्टलाई बताए । आगलागी के कारणले भएको हो त्यो भने खुल्न सकेको छैन ।