बसेरीमा अस्थायी प्रहरी पोष्ट स्थापना

Avatar photo
Dhadingpost
मंसिर २७, २०७६

धादिङ मंसिर २७ । धादिङको गंगाजमुना गाउँपालिका ६ स्थित बसेरीमा अस्थायी प्रहरी पोष्ट स्थापना भएको छ ।

प्रहरी प्रधान कार्यालय कार्य एवं अपराध अनुसन्धान विभाग‚ कार्य प्रशासन शाखाको आदेश अनुसार सुरक्षा समितिको निर्णय बमोजिम बसेरीमा अस्थायी प्रहरी पोष्ट स्थापना भएको हो ।

प्रहरी पोष्टमा प्रहरी हवल्दारको कमाण्डमा ५ जना प्रहरी रहने जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।